LISTEN LIVE RADIO

राप्ती गाउँपालिकामा युवा दिवसका अवसरमा ९ जना सफल युवा उद्यमी सम्मानीत



राप्ती गाउँपालिकामा युवा दिवसका अवसरमा ९ जना सफल युवा उद्यमी सम्मानीत

भालुवाङ २८ साउन । दाङको राप्ती गाउँपालिकाका ९ जना सफल युवा उद्यमी सम्मानीत भएका छन् । खाद्य प्रणाली रुपान्तरण ः मानव र ग्रहहरुको लागि युवा आविष्कार भन्ने मुल नाराका साथ राप्ती गाउँपालिकाको सहयोगमा ग्लोबल युथ क्लव, आशाका किरण संस्था र मिलाप कृषि सहकारी संस्थाको संयुक्त आयोजनामा बिहिवार राप्ती गाउँपालिकाको सभाहलमा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा सफल युवा उद्यमी सम्मान कार्यक्रममा उनीहरुलाई सम्मान पत्र सहित खाँदा ओढाएर सम्मान गरिएको हो । राप्ती गाउँपालिका क्षेत्रमा कृषि तथा पशुपालन क्षेत्रमा कार्य गर्दै आएका ९ जना सफल युवा उद्यमीहरुलाई सम्मान गरिएको हो ।यसरी सम्मानित हुनेहरुमा वडा नम्बर १ का एकिकृत पशुपालक बालाराम कुमाल, वडा नम्बर २ का पशुपालक टुमा थापा, वडा नम्बर ३ का कृषि व्यवसायी अमर चौधरी, वडा नम्बर ४ का एकिकृत पशुपालक बालकृष्ण पोख्रेल, वडा नम्बर ५ का एकिकृत कृषि तथा पशुपालक रामपुजन चौधरी, वडा नम्बर ६ का कृषि व्यवसायी पुरन चौधरी रहेका छन् । त्यसै गरी वडा नम्बर ७ का एकिकृत पशुपालक रमिता कुमारी चौधरी, वडा नम्बर ८ का कुखुरा पालक भरतबहादुर केसी र वडा नम्बर ९ का पशुपालक तामबहादुर खैकला मगर रहेका छन् ।ग्लोबल युथ क्लवका अध्यक्ष रमेशप्रसाद कडेलको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष सुवेदीले युवाहरु समाज परिवर्तनका संवाहक भएको बताउनु भयो । युवाहरु अनुशासित भई युवा युवाहरुलाई सहि बाटोमा लगाउने काम पनि युवाकै हातमा रहेकोले सकारात्मक सोचका साथ कार्य गर्न चाहेमा सबै तर्फवाट सहयोग हुने बताउँदै नैतिक, व्यवहारीक तथा प्राविधिक शिक्षा हासिल गर्न युवाहरुलाई अनुरोध गर्नु भएको छ ।साथै अध्यक्ष सुवेदीले युवाहरुले नेतृत्व लिन तथा नयाँ कामको लागि आट गरेमा सबैको साथ हुने हँुदा प्रौढ तथा जेष्ठ नागरिकको समेत सल्लाह तथा मार्ग दर्शनको आत्मसाथ गर्नु आवश्यक रहेको बताउदै युवा दिवसको अवसरमा सम्पुणर् युवाहरुमा शुभकामना व्यक्त गर्नु भएको छ ।
कार्यक्रममा राप्ती गाउँपालिकाका उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, प्रवक्ता तथा सामाजिक विकास समिति संयोजक एवम् ७ नम्बर वडा अध्यक्ष विद्याशरण चौधरी, वडा नम्बर ८ का वडा अध्यक्ष गोकणर्बहादुर राना, शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत तथा सुचना अधिकारी विश्वास विक, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका सहायक स्टेशन म्यानेजर तथा सहायक समाचार प्रमुख सन्तोषकुमार गुप्ता, पत्रकार जमिर शाहा लगायतले युवाहरुले चाहेमा अनेकन उपलब्धी हासिल गर्न सक्ने बताउदै कुलत जस्ता कार्य तर्फ नलाग्न आग्रह समेत गर्नुभएको छ ।ग्लोबल युथ क्लवका प्रेस संयोजक तथा रेडियो राप्ती राप्ती टेलिभिजनका स्टेशन म्यानेजर ओमप्रकाश गुप्ताले विषय वस्तु प्रवेश गराउनु भएको कार्यक्रममा मिलाप कृषि सहकारी संस्थाका कार्यक्रम संयोजक अनु चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन आशाका किरण संस्थाका कार्यवाहक अध्यक्ष अशोक बेल्वासेले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे