LISTEN LIVE RADIO

कोरोनाबाट ज्यान गुमाएका दाङका २ पत्रकारका परिवारलाई प्रेस काउन्सिलको आर्थिक सहयोग



कोरोनाबाट ज्यान गुमाएका दाङका २ पत्रकारका परिवारलाई प्रेस काउन्सिलको आर्थिक सहयोग

तुलसीपुर २८ साउन । कोरोनाका कारण ज्यान गुमाएका दाङका दूई पत्रकारलाई प्रेस काउन्सिल नेपालले आर्थिक साहेता प्रदान गरेको छ । दाङ घोराहीका दामोदर अधिकारी र बबईका लक्ष्मण बस्नेतका परिवारलाई भेटेर बिहीबार आर्थिक साहेता प्रदान गरिएको हो ।

प्रति परिवार २५ हजारका दरले आर्थिक सहयोग प्रदान गरेको छ । काउन्सिलका सदस्य शरद अधिकारीले २५ हजार बराबरको चेक लक्ष्मण बस्नेतकी जीवन संगीनी खिमा बोहरालाई हस्तान्तरण गरेका हुन । काउन्सिल पनि दुःखको समयमा साथमै रहेको सन्देश दिनका लागि सहयोग गरिएको सदस्य अधिकारीले बताए ।

त्यसक्रममा काउन्सिलका सदस्य अधिकारीसंगै नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुबेदी, सल्लाहकार सुदीप गौतम, सामुदायिक रेडियो प्रशारक संघका केन्द्रीय सदस्य संगीत बस्याल र प्रेस चौतारी दाङका सचिब प्रेमबहादुर राम्जाको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे