LISTEN LIVE RADIO

देउखुरीको गढवा र लमहीमा भूमिहिन सुकुम्बासीहरुद्धारा विराेध प्रदर्शन



देउखुरीको गढवा र लमहीमा भूमिहिन सुकुम्बासीहरुद्धारा विराेध प्रदर्शन

गढवा २६ साउन । नेपाल भूमीहिन सुकुम्बासी संगठनले आइतवार वर्तमान गठबन्धन सरकारले भूमी आयोग खारेजी गरेको बिरुद्धमा देउखुरीको गढवा र लमहीमा बिरोध प्रदर्शन गरेको छ । संसदबाट कानून बनाएर पुर्व प्रधानमन्त्री ओली सरकारले गठन गरेको भूमी आयोग वर्तमान सरकारले खारेज गरेकोमा आपत्ति प्रकट गर्दै भूमिहीन सुकुम्बासीहरुले आयोगको पुर्नस्थापनाको माग गर्दै गढवा र लमही बजारमा प्रदर्शन गरेको बताएका छन् ।प्रदर्शन पछि आयोजित कोण सभालाई सम्बोधन गर्दै गढवा गाउँपालिकाका अध्यक्ष तथा नेकपा एमालेका लुम्बिनी प्रदेश सदस्य सहजराम यादवले गठबन्धन सरकारले भूमी आयोगको खारेजी गरेर हजारौ लाखौं सुकुम्बासीहरुलाई जग्गाको मालिक बन्नबाट बञ्चीत गरेको बताए । भूमिहीन सुकुम्बासीहरुलाई लालपुर्जा दिन ओली सरकारले देशका सबै स्थानीय तहहरुमा गृहकार्य अन्तिम चरणमा पुरयाउन थालेको अवस्थामा आयोग नै बिघटन गर्नु निन्दनीय कार्य भएको उनले बताए ।कार्यक्रममा बोल्दै नेकपा एमाले गढवा गाउँपालिका संगठन कमिटीका अध्यक्ष एवं दाङ जिल्ला सदस्य बाबुराम अधिकारीले भूमिहिन सुकुम्वासी र अब्यवस्थीत बसोवासीका नाममा फाराम भोरीसकेका भूमिहीन मुक्त कमैया तथा सबै सुकुम्बासीहरु ऋायोगको खारेजीसंगै एकजुट भएर आन्दोलनमा लाग्नुपर्ने बताए ।
कार्यक्रमलाई संबोधन गर्दै नेपाल भूमीहिन सुकुम्बासी संगठनका साबित्रा चौधरीले भूमिहिन सुकुम्बासीहरु कहिले सम्म राजनितिक दलका भरेङ भएर बस्ने भन्दै वर्तमान सरकारसंग भूमी आयोग तत्काल पुर्नस्थापना गर्न माग गर्नुभयो ।जुन सरकारले भूमिहिन सुकुम्बासीको पक्षमा काम गर्छ त्यही सरकार नै जनताको सरकार हो भन्दै वर्तमा गठबन्धन सरकारले गरेको यो काम नालायक भएको बताए । कार्यक्रममा भूमि अधिकारकर्मी सिता चौधरीले ओली सरकारले भूमिहिन सुकुम्बासी र मुक्त कमैयाको पक्षमा काम गरेको भन्दै भूमी आयोग तत्काल ब्यूताउन आफूहरु देशब्यापी आन्दोलनमा लाग्ने चेतावनी दिइन् । गढवा बजारमा प्रदर्शन पछि भएको कोणसभाको कार्यक्रमलाई एमाले दाङका सदस्य सिता चौधरीले संचालन गरेकी थिइन् ।

भूमि आयोग खारेजीको बिरोधमा लमहीको तिन स्थानमा प्रदर्शन

नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले भूमिहिन सुकुम्बासीलाइ लालपुर्जा वितरणको तयारी भैरहेको बेला वर्तमान सरकारले आयोग विघटन गरेर गैर जिम्मेवार काम गरेको बताए ।‘गरिब, विपन्नको मुहारमा मुस्कान आउदै थियो । पुर्जा वितरणको तयारी भैरहदा आयोग खारेज गरिनु खेतजनक छ’उनले भने–‘भूमिको समस्या सधैंका लागि समाधान गर्न खोजेका थियौं । तर, अहिलेको सरकारले रोकिदियो ।’ नेपाल भूमिहिन सुकुम्वासी संगठनको आयोजनामा लमहीमा भएको विरोध प्रदर्शनलाई सम्वोधन गर्दै शर्माले भूमिहिनको पक्षमा आफुहरु रहेको बताए ।
सभालाई नेकपा एमाले क्षेत्र नम्बर १ का संयोजक नारायण डिसी छम्पालीले सहि र गलत छुट्याउने जिम्मा जनताको हातमा भएकाले न्यायको पक्षमा सधैं लडिरहने प्रतिबद्दता व्यक्त गरे । कमैया महिला जागरण समाजका जिल्ला अध्यक्ष कमलापती चौधरी, मुक्त कमैया समाजका मनबुझाउन चौधरी लगायतले सम्बोधन गरेका थिए । लमही नगरपालिका वडा नम्बर ५ का वडा सदस्य जगनारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिवलाल पन्थीले गरेका थिए ।
सोमबार लमही नगरपालिकाको तिन स्थानमा बिरोध प्रदर्शन गर्दै भूमि सम्बन्धि समस्या समाधान गर्न आयोगको पुनर्वाहालाीको माग राखिएको छ । लमही नगरपालिका वडा नम्बर ५ को लमही बजार, वडा नम्बर १ को सुन्डबरी र वडा नम्बर ८ को सतबरीयामा बिरोध प्रदर्शन गरिएको छ । लमही नगरपालिका वडा नम्बर १ मा बिरोध प्रदर्शन भएको छ । मुक्त कमैया समाजका अध्यक्ष हरिचन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न भएको बिरोध सभालाई नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेश सभा सदस्य माननीय सांसद सरस्वती गौतम, नगर प्रमुख कुलबहादुर केसी, हेमराज पुन, मेघबहादुर बिसी लगायतले सम्बोधन गरेका थिए ।
पर्शु चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन त्रिलोचन देवकोटाले गरेका थिए । यसैगरी लमही–८ मा पनि बिरोध सभा सम्पन्न भएको छ । प्रेमबहादुर दमाईको अध्यक्षता तथा नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न सभालाई नगर प्रमुख कुलबहादुर केसी, नेकपा एमालेका नेता धुपनारायण चौधरी, नगर अध्यक्ष दण्डीराम चौधरी, खिमबहादुर केसि, ज्ञानराज नेपाली, नविन वली लगायतले सम्बोधन गरेका थिए । सभाको सञ्चालन शिवराज गिरीले गरेका थिए।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे