LISTEN LIVE RADIO

लुम्बिनी प्रदेश राजधानीको मास्टर प्लान बनाउन बिदेशी विज्ञहरुले अध्ययन गर्ने



लुम्बिनी प्रदेश राजधानीको मास्टर प्लान बनाउन बिदेशी विज्ञहरुले अध्ययन गर्ने

भालुवाङ २२ साउन । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ(देउखुरीको राप्ती उपत्यकाको मास्टर प्लाउन बनाउन विदेशी विज्ञहरुले पनि अध्ययन गर्ने भएका छन् । विश्वकै नमूना राजधानी बनाउन बिदेशी विज्ञहरुद्धारा राजधानी क्षेत्रको तत्काल अध्ययनको काम शुरु हुने भएको हो ।

युनोप्सको लगानीमा स्पेन देशका बिज्ञहरुद्धारा राजधानीको मास्टर प्लान बनाउन सहयोग गर्ने गरी काम अघि बढाइएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका सिइओ धुब्र मज्गैयाँले जानकारी दिए । यस अघि नेपालका विज्ञहरुबाट समेत प्रदेश राजधानीको मास्टर प्लानको प्रराम्भिक खाका तयार गर्न सुझाब संकलनको काम भइरहेको समेत सिइओ मज्गैयाँले बताए ।

उनका अनुसार अबको केही दिनमै स्पेनका विज्ञहरु राजधानीमै आई अध्ययनको काम शुरु गर्ने बताए । प्रदेश राजधानीको मास्टर प्लान बनाउन सहयोग गर्नका लागि टिम लिडर बिजय श्रेष्ठ, सहरी योजनाकार कुमार धमलाको समन्वयमा विदेशी विज्ञ तथा प्रोफेसरहरुले अध्ययनको काम गर्ने बताइएको छ । उनीहरु अध्ययनबाट प्राप्त सल्लाह सुझाब अनुसार प्रदेश राजधानीको प्रारम्भिक खाका तयार गर्ने सिइओ धुब्र मज्गैयाँले जानकारी दिए ।

जसका लागि युनोप्स र प्रदेश पूर्वाधार विकास प्राधिकरण बीच सम्झौता समेत भईसकेको छ । अबको केही दिनमा स्पेनबाट क्याटेलोनिया विश्वविद्यालय बार्षिलोना स्पेनका होक्वीन सावेत, स्पेनका सहरी योजनाकार अल्वर्टोको टिमले प्रदेश राजधानीमै आई मास्टर प्लान बनाउन बृहत्त अध्ययनको काम गर्ने प्रदेश पूर्वाधार विकास प्राधिकरणले जनाएको छ ।

प्रदेश राजधानीको मास्टर प्लान बनाउने बिषयमा बुधबार युनोप्स र प्रदेश पूर्वाधार विकास प्राधिकरण बीच भचुअल छलफल समेत भएको छ । छलफलमा युनोप्सका प्रोगा्राम अफिसर हामियर डोमिनगुन, क्याटेलोनिया विश्वविद्यालय बार्षिलोना स्पेनका होक्वीन सावेत, स्पेनका सहरी योजनाकार अल्वर्टो, भूपु सचिव दिपेन्द्रनाथ शर्मा, सह(सचिव पदम मैनाली, इन्जिनियरिङ्ग अध्ययन संस्थानकी सुधा श्रेष्ठ, मास्टर प्लानका टिम लिडर बिजय श्रेष्ठ, सहरी योजनाकार कुमार धमला र प्रदेश पूर्वाधार विकास प्राधिकरणका सिइओ धुब्र मज्गैयाँको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे