LISTEN LIVE RADIO

फ्री मिडीया नेटवर्क सम्बन्धी अन्तरक्रिया कार्यक्रम घोराहीमा सम्पन्न



फ्री मिडीया नेटवर्क सम्बन्धी अन्तरक्रिया कार्यक्रम घोराहीमा सम्पन्न

घोराही २२ साउन । फ्री मिडीया नेटवर्कको पैरवी रणनीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । मानव अधिकार सञ्चार प्रतिष्ठान नेपाल (इह्रिकन)को आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा पत्रकारहरुको सुरक्षा, प्रेस स्वतन्त्रता, सञ्चारमाध्यममा आएका विषयवस्तु, आचारसंहिता कार्यान्वयन, सञ्चारमाध्यमको उत्तरदायित्व लगायतका विषयमा छलफल गरिएको थियो ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष एवं फ्रि मिडिया नेटवर्कका संंयोजक दुर्गालाल केसीको अध्यक्षता एवं नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष उदय जि.एमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दाङको पत्रकारिता र सञ्चारमाध्यमहरुको अवश्थाको बारेमा छलफल गरिएको थियो ।

त्यस अवसरमा सञ्चार क्षेत्रमा उठ्ने विभिन्न विषयहरुमाथी छलफल गरि समाधान गर्न गठीत फ्रि मिडिया नेटवर्कले विस्तृत कार्ययोजना तयार पारि अगाडी बढ्ने निर्णय गरिएको छ ।कार्यक्रममा लुम्बीनी प्रदेश सदस्य रेवतिरमण शर्मा, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ग, प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, पत्रकार महासंघ दाङका सल्लाहकार सविन प्रीयासन लगायतले मन्तव्य राखेका थिए । उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव आरके शीतलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे