LISTEN LIVE RADIO

पालिकाकाे निर्देशन अवज्ञा गर्दै राप्ती गाउँपालिकामा पठनपाठन हुँदै



पालिकाकाे निर्देशन अवज्ञा गर्दै राप्ती गाउँपालिकामा पठनपाठन हुँदै

भालुवाङ २० साउन । जिल्ला काेराेना संकट व्यवस्थापन केन्द्र र पालिकास्तरीय काेराेना काेभिड नियन्त्रण समितिकाे निर्णय र निर्देशनकाे ठाडाे अवज्ञा गर्दै राप्ती गाउँपालिका अन्तर्गतका अधिकांश संस्थागत विद्यालयले भाैतिक रुपमा पठनपाठनमा शुरु गरेका छन् ।

काेराेना महामारीको दाेश्राे लहर शुरु भएपछि बैशाख १७ गतेयता दाङमा शैक्षिक गतिविधि भर्चुअल रुपमा संचालनबाहेक पूर्णरूपमा नगर्न नगराउन भनिएको छ । तर, राप्ती गाउँपालिकाभित्रका संस्थागत विद्यालयले साउनकाे दाेश्राे साताबाट विद्यार्थीलाई विद्यालयमै बाेलाएर पालिकाकाे निर्देशन अवज्ञा गर्दै भाैतिक उपस्थितिमा पढाईरहेका छन् । राप्तीमा १५ वटा संस्थागत, ३ वटा धार्मिक र २९ वटा सामुदायिक गरि ४७ वटा विद्यालय रहेका छन् ।

धार्मिक र सामुदायिक विद्यालयले हालकाे अवस्थामा विद्यार्थीकाे अभिलेखिकरण गर्ने, पाठ्यपुस्तक वितरण गर्ने तथा श्राेत साधन उपलब्ध भएका केही विद्यालयले विद्यार्थीकाे सिकाई सहजीकरण निर्देशिका अनुसार भर्चुअल रुपमा पठनपाठन गरिरहेका छन् । संस्थागत विद्यालयमा भने विद्यार्थीलाई विद्यालयमै बाेलाउने, स्वास्थ्य मापदण्ड पालना नगर्ने तथा एउटै कक्षा काेठामा धेरै विद्यार्थी राखेरै पढाउने गरेकाे भेटिएको छ ।

साेमबार र मंगलबार दुई दिन निगरानी गर्दा वडा नम्बर ४ काे गाेल्डेन फ्युचर बाेर्डिङ स्कुल, वडा नम्बर ५ मा रहेका स्टार समिट ईंग्लिश मावि, शुभ दर्पण एकेडेमी, वडा नम्बर ६ मा रहेकाे मार्टिन एकेडेमी र इन्द्रेणी बाेर्डिङ स्कुलले विद्यार्थीलाई कक्षा काेठामै राखेर धमाधम पढाइ रहेका भेटिएको हाे । ‘अरु स्कुलले विद्यार्थी बाेलाएर पढाउन थालेपछि हाम्रा अभिभावककाे अाग्रहलाई मानेर कक्षा संचालन गरेका हाैँ, भर्चुअल पनि सम्भव नहुने भएपछि विद्यार्थीलाई अालाेपालाे बाेलाएर पढाउने अभ्यास गरेका थियौँ अब याे पनि राेक्ने तयारी गरेका छाैँ,’ मार्टिन एकेडेमीका प्रिन्सिपल अाेमप्रकाश चाैधरीले भने । शुभ दर्णण एकेडेमीले विद्यार्थीलाई भर्ना गर्नसमेत दवाव दिएकाे बुझिएको छ ।

कक्षा २ पास गरि ३ मा पढ्ने तयारीमा रहेका शुवास चाैधरीले विद्यालयले भर्ना गरेपछि मात्रै पढ्न पाउने हुँदा अाफु विद्यालय नगएको जानकारी दिए । स्टार समिटमा कक्षा ८ मा अध्ययनरत बालगाेविन्द चाैधरीका अनुसार स्कुलमा सबै विषयकाे नियमित पढाइ शुरु गरिएको छ । यता, इन्द्रेणी ईङ्ग्लिश स्कुल, शुभ दर्पण, गाेल्डेन फ्युचरलगायत बाेर्डिङ स्कुलले साना कक्षाका बालबालिकालाई बाेलाएर पढाउने गरेकाे छ । मास्क नलगाई एउटै काेठामा भीडभाड गराएर नियामक निकायकाे निर्देशन अटेरी गरि पढाउने गरेकाे छ । मंगलबार पनि यी विद्यालयमा बालबालिका विद्यालय पाेशाकमै पढिरहेका थिए ।

काेराेना भाईरसकाे जाेखिम कायमै रहेकाे तथा तेश्राे लहरकाे चेतावनीका बीच उच्च सावधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काेराेना संकट व्यवस्थापन केन्द्र, स्थानीय प्रशासन र स्थानीय सरकारले बारम्बार अरु क्षेत्र स्वास्थ मापदण्ड अपनाएर सुचारु गर्न अनुमति दिएपनि हालिसम्म विद्यालयलाई विद्यार्थी सिकाई सहजीकरण निर्देशिका र विद्यालय संचालन कार्यढाँचाका अाधारमा सम्भव भएमा वैकल्पिक विधिबाट मात्रै संचालनकाे अनुमति प्रदान गरिएको छ । राप्तीमा रहेका २९ वटा सामुदायिक विद्यालयका केही विद्यालयले भने भर्चुअल रुपमा पढाऊने गरेका छन् ।

सर्वाेदय मावि सिसहनियाँ, शंकर मावि पिपरी, मावि माैरीघाट, अादर्श मावि लालमटियालगायतले भर्चुअल रुपमा विद्यार्थीलाई पढाईरहेका छन् । विद्यार्थी अन्यत्र जाने डर तथा अस्वस्थ प्रतिष्पर्धाका कारण पनि निजि विद्यालयले नियम पालना नगरी विद्यार्थीकाे स्वास्थ्यमाथि गम्भीर खेलवाड गरिरहेका छन् । जिल्लाका अरु पालिकामा पनि अहिले विद्यार्थीकाे भाैतिक उपस्थितिमा पढाउने काम भईरहेकाे छैन । ती पालिकाले भाैतिक उपस्थितिबाहेक सम्भव भएमा वैकल्पिक विधिबाट मात्रै पठनपाठनकाे अनुमति दिएका छन् ।

राप्ती गाउँपालिका, घाेराही उपमहानगरपालिकालगायतले कुनै पनि विद्यालयलाई शैक्षिक गतिविधि भाैतिक रुपमा नगर्न नगराउन निर्देशन दिएका छन् । भाैतिक उपस्थितिमा पठनपाठन गर्ने निर्णय नभएकाे र केही विद्यालयमा काेचिङ कक्षाकाे नाममा शैक्षिक गतिविधि गर्नेलाई प्रचलित कानून अनुसार कडा कारवाही हुने चेतावनीसमेत दिईएकाे छ । संस्थागत विद्यालयले भाैतिक रुपमै पठनपाठनमा गरेकाे विषयमा राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले अाफ्नाे गम्भीर ध्यानाकर्षण भएकाे जनाएको छ ।

यसअघि साउन १२ देखि १७ सम्म नियमित रुपमा विद्यालय अनुगमन गर्दा काेचिङ कक्षा तथा ट्युसन, गृहकार्यका नाममा पठनपाठन गरेकाे भेटिएपछि शिक्षा शाखाले उक्त कार्य तत्काल राेक्न सूचनामार्फत निर्देशन दिएकाे छ । सूचनाकाे अवज्ञा गरि अहिले पनि पठनपाठन गर्ने त्यस्ता विद्यालयकाे पहिचान गरि विभागीय कारवाहीदेखि संक्रामक राेक ऐन अनुसारसमेत कारवाही हुन सक्ने राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिनुभयाे । ‘काेराेनाकाे तेश्राे लहरमा बालबालिका अझ बढी प्रभावित हुने भनी सबैतिर सचेतना फैलाईरहेका बेला बालबालिकाकाे स्वास्थ्यमा लापरबाही गर्ने विद्यालय कारवाहीकाे भागीदार हुनुकाे विकल्प छैन, हामीले त्यस्ता विद्यालय पहिचान गरि कारवाही अघि बढाउँछाैँ,’ शिक्षा शाखा प्रमुख बिकले भने ।

शैक्षिक गतिविधिलाई चलायमान बनाउन चाहेमा शिक्षकलाई समुदायमै गएर हप्ता दशदिनकाे गृहकार्य दिने, बालबालिकाकाे निगरानी गर्ने जस्ता काम गर्न उनको अाग्रह छ । उता, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले पनि जिल्ला काेराेना संकट व्यवस्थापन केन्द्रकाे निर्देशन अटेरी गर्ने जाे काेही विद्यालयलाई निगरानीमा राखिने बताए ।

‘काेराेनाकाे जाेखिम क्षेत्र मानिएकाे विद्यालयमा सार्वजनिक सूचना उल्लंघन गरि विद्यार्थी बाेलाएर भीडभाड गर्ने, पठनपाठनका गतिविधि गर्ने काम गर्ने निर्णय र अनुमति छैन, यस्ता काम तत्काल राेक्न अाग्रह छ,’ प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भने, ‘ बालबालिकाकाे स्वास्थ्य र भविष्यमाथि काेही कसैलाई खेलवाड गर्ने छुट छैन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे