विद्यार्थीहरुलाई तत्काल काेरोना खोप उपलब्ध गराउन अखिल क्रान्तिकारीको माग



विद्यार्थीहरुलाई तत्काल काेरोना खोप उपलब्ध गराउन अखिल क्रान्तिकारीको माग

भालुवाङ ५ साउन । नेकपा माओवादी निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठन राप्ती गाउँपालिकाले ७ बुँदे माग राखि राप्ती गाउँपालिका शिक्षा शाखालाई ज्ञापन पत्र बुझाएको छ ।

संगठनले शिक्षक तथा कर्मचारीहरुलाई साउन १ गते गाउँपालिकाले कोरोना भ्याक्सिन लगाउनको लागि निकालेको सूचनाको स्वागत गर्दै तत्काल विद्यार्थीहरुलाई पनि निशुल्क भ्याक्सिन उपलब्ध गराई भौतिक कक्षा सञ्चालन गर्न माग गरेको छ ।

त्यस्तै शैक्षिक सत्रमा जेष्ठ महिनाको मासिक शुल्क ल्याउने नीजि स्कुलको निणर्य संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उक्त निणर्य तत्काल सच्चाउन माग गरेको छ । नीजि बिद्यालयले शुल्क निर्धारण गर्दा शिक्षा शाखा, विद्यार्थी संगठनका प्रतिनिधि सम्पुणर् बिद्यालय प्रमुखहरुको उपस्थितिमा शुल्क बढाउनुपर्ने कारण सहित सहमती अनुसार छलफलबाट निर्धारण गर्न माग पनि गरेको छ ।

धेरै विद्यार्थी अभिभावकको गुनासो अनुसार कोभिडको समय बिद्यालय बन्दाबन्दीको समयमा विद्यार्थी संघ नीजि बोर्डिङ स्कुलहरुले लिएको रकम तत्काल फिर्ता गर्न, सरकारले सरकारी विद्यालयलाई निःशुल्क गराएको पठनपाठन केही विद्यालयहरुले अंग्रेजी भाषामा पठनपाठन गराउने निहँुमा बिद्यार्थीहरुबाट शुल्क असुल्ने काम गरेको हुँदा त्यसको छानबिन गरी अंग्रजी माध्यममा पनि निशुल्क पठनपाठन गराउन माग गरेको छ ।

त्यस्तै सरकारले सामुदायिक स्कुलमा माध्यमिक तह सम्मको शिक्षा निशुल्क अध्ययन गराउ भनी घोषणा गरेको अबस्थामा स्थानीय तहमा भएका सामुदायिक विद्यालयले बिद्यार्थी भर्नाको नाममा अनेक बहानामा शुल्क लिने गरेकोमा अवैध शुल्क नलिन आग्रह गरेको छ । भने नीजि बिद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई बन्दाबन्दी अबस्थामा बिद्यालयले पारीश्रमिक उपलब्ध गराउन पनि माग गरेका छन् । ज्ञापन पत्र संगठनका राप्ती गाउँपालिका संयोजक भुवन केसी लगायतको टिमले राप्ती गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकलाई बुझाएका थिए ।

माग पुरा नभए संगठन शैक्षिक मुद्दा, राष्ट्रयिता जनतन्त्र र जनजिबिका हकहितका लागि जस्तोसुकै कडा कदम चाल्न बाध्य हुने चेतावनी पनि दिएको छ । संगठनका राप्ती गाउँपालिका संयोजक भुवन केसी, क्षेत्र नम्बर १ का इन्चार्ज कल्याण अधिकारी, संगठनका जिल्ला सदस्य भरत भुसाल, विद्यार्थी नेता सन्तोष आचार्य लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे