दाङका प्रजिअ कुरुम्वाङले देउखुरीका बिभिन्न स्थानहरुकाे अनुगमन गरे



दाङका प्रजिअ कुरुम्वाङले देउखुरीका बिभिन्न स्थानहरुकाे अनुगमन गरे

देउखुरी ५ साउन । दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले देउखुरीका विभिन्न स्थानमा पुगेर अनुगमन गरेका छन । देउखुरीको लमही अस्पताल, राप्ती नदिको महदेवा- सिसहनीयाँ पुल, राप्ती प्राविधिक शिक्षालयमा पुगेर स्थलगत निरीक्षण तथा अनुगमन गरेका हुन ।

साउन महिना भित्र आन्तरिक मन्त्रालय यहाँ ल्यानु पर्छ र यो चालु आर्थिक वर्ष भित्र प्रदेशका सबै मन्त्रालय स्थायी मुकाममा ल्याउनु पर्छ भनेर मुख्यमन्त्री बाट निर्देशन भएकोले राजधानी व्यवस्थापन कार्यालयले शिक्षालय भित्र रहेका भवनहरुलाई व्यवस्थापन गर्न लागेको दाङका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले जानकारी दिए।

जिल्लामा कोभिड विरुद्धको भेरोसिल खोप चलिरहेको छ । कतिपय क्षेत्रमा सबैलाई खोप उपलब्ध हुनु पर्छ भनेर गुनासो आइरहेको छ । नेपाल सरकारले तोकेको मापदण्ड अनुशार खोप लगाइ दिन र लगाउन सबैमा प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बताए ।

त्यस्तै केही दिन अघि खहरे खोलामा आएको बाढीले महदेवा- सिसहनीयाँ राप्ती नदिको पुलको एप्रोचमा क्षति पुगेको थियो । क्षति भएकै दिन प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले मर्मतका लागि नेपालगन्ज पुल बिभागलाई अनुरोध गरेका थिए । अहिले उक्त क्षति भएको पुलको मर्मत कार्य तिब्र रुपमा भैरहेको छ ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले राप्ती गाउँपालिकामा रहेको राप्ती प्राविधिक शिक्षालयमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय तुरुन्तै ब्यवस्थापन गर्नु पर्ने भएको भन्दै भौतिक पुर्वाधारको अवस्था केछ भनेर निरीक्षण गरेका हुन ।

उनका अनुशार आन्तरिक मन्त्रालय अस्थायी राजधानी बुटवल बाट स्थायीमा छिट्टै सार्नु पर्ने भन्ने निर्देशन भएकोले दौडधुप भएको बताए ।निरिक्षण तथा अनुगमनमा ४१ नम्बर गण अर्जुन खोलाका एसपी यादव विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे