जंगली बंदेल मारेको आरोपमा दाङमा पाँच जना पक्राउ



जंगली बंदेल मारेको आरोपमा दाङमा पाँच जना पक्राउ

दाङ ५ साउन । दाङमा जङ्गली बँदेल मारेको आरोपमा पाँच जना पक्राउ परेका छन् । बँदेलको मासु काटेर भाग लगाउँदै गरेको अवस्थामा डिभिजन वन कार्यालय र प्रहरीको संयुक्त टोलीले पाँच जनालाई २१ किलो भन्दा बढी मासुसहित पक्राउ गरेको हो ।

घोराही उपमहानगरपालिका भकारे गाउँमा जङ्गली बँदेलको मासु काट्दै गरेको अवस्थामा २१ किलोभन्दा बढी मासुसहित पाँच जना पक्राउ परेको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे