दाङमा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि



दाङमा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि

दाङ ५ साउन ।  आज दाङका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ४० जनामा गरिएको पिसीआर परिक्षणमा तुलसीपुरका २, राप्तीका २ र बबईमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थपिएका सहित दाङमा अहिले सकृय बिरामीको संख्या ९५ जना रहेको छ । ती मध्ये ७४ जना घरमा, १३ जना अक्सिजन सहितको उपचारमा र ८ जना आईसीयूमा रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जानकारी दिएको छ ।

यसैगरी, आज थप ११ जना कोरोना मुक्त भएका छन् । तुलसीपुरका ५, घोराही र राप्तीका ३ र ३ जना रहेका छन् । बैशाख यता दाङमा ८ हजार २ सय ७९ जनामा कोरोना पुष्टि भएको र ति मध्य ७ हजार ९ सय ७८ जना निको भएका छन् । त्यस्तै दाङमा वैशाख यता मृत्यु हुनेको संख्या २ सय ६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे