वन मुद्धामा अदालतले दोषी ठहर गरेका चार प्रतिवादी पक्राउ



वन मुद्धामा अदालतले दोषी ठहर गरेका चार प्रतिवादी पक्राउ

दाङ ५ साउन । दाङ प्रहरीले वन मुद्दामा फरार ४ जनालाई पक्राउ गरेको छ । २०७५ साल माघ १६ गते सामूहिक वन मुद्दामा दाङ देउखुरी जिल्ला अदालतबाट मुद्दाको फैसला भई फरार रहेका विरुद्ध जनही ७१ हजार पाँच सय २१ रुपैंया पचाँस पैसा जरिवाना तोकिएकोमा हाल फरार रहेकोले उनीहरुलाई सोमबार दिउँसो ४ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

राजपुर गाउँपालिका ७ राताकास निवासी ४५ वर्षिय निम प्रसाद विक, सोही ठाउँ निवासी ६३ वर्षिय धनदल बहादुर विक, ६२ वर्षिय राधिका विक, ३४ वर्षिय ताराकुमारी पुन पक्राउ परेका हुन् । उनीहरु चारै जनालाई राजपुर गाउँपालिका ७ राताकासमा लुकिछीपी बसीरहेको अवस्थामा फेला पारी आज दाङ देउखुरी जिल्ला अदालतमा बुझाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे