गढवामा माधव पक्षधरका एमाले नेता मेटमणी चौधरीको पुत्ला दहन



गढवामा माधव पक्षधरका एमाले नेता मेटमणी चौधरीको पुत्ला दहन

गढवा ४ साउन । गढवामा माधव पक्षधरका एमाले नेता मेटमणी चौधरीको पुत्ला दहन गरिएको छ ।

सुर्य चिन्हबाट उम्मेदवार बनी दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्बाचित चौधरीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बिश्वासको मत दिएको र पार्टीलाई धोका तथा कमजोर बनाउन खोजेको विरोधमा युवा संघ दाङले चौधरीको पुत्ला दहन गरेको हो । कार्यक्रमलाई युवा संघ दाङका अध्यक्ष देबु बस्नेतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे