लमही अस्पतालमा सर्पदंश उपचार केन्द्र स्थापना



लमही अस्पतालमा सर्पदंश उपचार केन्द्र स्थापना
लमही १ साउन । लमही अस्पतालमा सर्पदंश उपचर केन्द्र स्थापना गरिएको छ । शुक्रबार सर्पदंश उपचार केन्द्रको लुम्बिनी प्रदेश सभा सदस्य  रेवतीरमण शर्माले उद्घाटन गरेका हुन् । विश्व सर्प दिवसको अवसरमा सर्पदंश उपचार केन्द्रको उद्घाटन गर्दै शर्माले उपचार सेवालाई प्रभावकारी र वैज्ञानीक बनाउन अनुरोध गरे। ‘जनताको माग र समस्याको आधारमा यो सेवा सञ्चालनमा आयो’शर्माले भने–‘उपचारलाई प्रभावकारी बनाउन जरुरी छ ।’
लमही नगरपालिकाले आफ्नै लगानीमा सर्पदंश उपचार केन्द्र स्थापना गरेको हो । मेडिकल अधिकृत सहित चार जना स्वास्थ्यकर्मी सर्पदंश उपचार केन्द्रको लागी राखिएको छ ।
सर्पदंश उपचार सेवालाई थप प्रभावकारी बनाउन सर्पदंश उपचार केन्द्र स्थापना गरिएको लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बताए । ‘सर्पदंशको उपचार सेवालाई व्यवस्थीत र प्रभावकारी बनाउन सर्पदंश उपचार केन्द्र स्थापना गरिएको हो’नगर प्रमुख केसीले भने–‘नगरपालिकाले सर्पदंश भवन बनायो । स्वास्थ्यकर्मी भर्ना पनि गरियो । सर्पदंशको उपचारको लागी तालिम दिएर अहिले सेवा सञ्चालन गरिएको छ ।’ सर्पको डसाईबाट कसरी जोगिन सकिन्छ र टोकी हालेमा कसरी प्राथमिक उपचार गर्ने भन्ने बारेमा समुदायमा जनचेतना फैलाउन आवश्यक रहेको बिष विज्ञ डाक्टर छविलाल थापाले बताए ।
नगर प्रमुख कुलबहादुर केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घान कार्यक्रमलाई नगर उप–प्रमुख देवका बेल्वासे, बिष विज्ञ डाक्टर छविलाल थापा, लमही नगरपालिकका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्रबहादुर डाँगी, लमही नगरपालिका वडा नम्बर ५ का अध्यक्ष बिमबहादुर केसी, नेकपा एमालेका दण्डिराम चौधरी, नेपाली कांग्रेसका शिवप्रसाद चौधरी, राष्ट्रिय जनमोर्चाका पद्मप्रसाद गोराथोकी, देउखुरी उद्योग बाणिज्य संघका उपाध्यक्ष केशवराज पोख्रेल, नेपाल रेडक्रस सोसाईटी उप–शाखा लमहीका सभापती थानेश्वर गैरे, नेपाल पत्रकार महासंघका सह–सचिव दशरथ घिमिरे लगायतका वक्ताहरुले सर्पदंश उपचार केन्द्र स्थापना मात्रै भएर नहुने, त्यसका लागी व्यवस्थापन पक्ष बलियो बनाउनु पर्नेमा जोड दिएका छन् ।
लमही अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर रञ्जिता महतोको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख लालमणी सुवेदीले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे