नेपालमा थप २९३६ जनामा काेराेना सङ्क्रमण पुष्टि, १७७५ जना निको ४३ जनाकाे मृत्यु



नेपालमा थप २९३६ जनामा काेराेना सङ्क्रमण पुष्टि, १७७५ जना निको ४३ जनाकाे मृत्यु

काठमाण्डाै १ साउन । नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट थप ४३ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा र यसअघिको विवरण प्राप्त भएकोसहित ४३ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार पाँच सय ६ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई हजार नौ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ हजार ६ सय १३ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ६ जना र चार हजार पाँच सय ६९ जनाको एन्टिजेन परीक्षण गर्दा नाै सय ३० जना गरी दुई हजार नौ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा पीसीआर र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा अहिलेसम्म सात लाख १२ हजार तीन सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा एक हजार सात सय ७५ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख २८ हजार दुई सय ४३ जना पुगेको छ । अहिले नेपालमा २६ हजार आठ सय २७ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये पाँच सय ७८ जनाको आईसीयू र एक सय ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएकाे छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे