लमही आँखा अस्पतालले अव हप्ताको सातै दिन सेवा दिने



लमही आँखा अस्पतालले अव हप्ताको सातै दिन सेवा दिने

लमही १ साउन । नेपाल नेत्र ज्योती संघ अन्र्तगत लमही आँखा अस्पतालले अव हप्ताको सातै दिन सेवा दिने भएको छ । अस्पतालबाट प्रदान गर्दै आएको आँखा उपचार सेवालाई थप व्यवस्थित र प्रभाबकारी बनाउन उक्त सेवा दिन लागेको हो । शुक्रवार आफ्नै कार्यालयमा सञ्चारकर्मीहरु सँगको भेटघाट कार्यक्रममा आँखा अस्पतालले आगामी दिनमा दिने सेवाका बारेमा जानकारी गराउँदै आँखा अस्पतालका प्रमुख प्रशासन अधिकृत शम्शेर थापाले सो कुरा बताए ।हप्तामा ६ दिन मात्रै सेवा प्रवाह गर्दै आएको अस्पतालले साउन १ गते अर्थात आज बाट सेवा दिन थालेको बताए । त्यसै गरी अस्पतालले बिरामीहरुलाई सहज र सुलभ रुपमा आँखा स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पतालले शुक्रवार देखि लागु हुने गरि प्रत्येक दिन बिहान ८ः३० बजेबाट नाम दर्ता सेवा शुरु गरेको छ । यस अघि नौबजे देखि नाम दर्ता हुने गरेकोमा चालु आर्थिक बर्ष देखि सो सेवा अबधी आधा घन्टा बढाएकोे छ ।त्यसै गरी अस्पतालले छिटो छरितो सेवा दिने, फोनबाट नाम दर्ता गर्ने, मोबाइल एप्स सेवा, परामर्श सेवा, इ.एम.आर सेवा दिने अस्पतालका प्रमुख प्रशासन अधिकृत थापाले बताए । त्यसै गरी अस्पतालले घरदैलो सशुल्क, नगर क्लिनीक सेवा, ल्याव सेवा, विषय विज्ञ सेवा पनि दिने अस्पतालका प्रमुख प्रशासन अधिकृत थापाले बताए ।

अस्पताल प्रशासनीक समितिका अध्यक्ष घनश्याम सुवेदीको अध्यक्षता एवम् नेत्र ज्योती संघका केन्द्रिय सदस्य तथा दाङ जिल्ला सभापती कृष्ण गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा डा. एरिक वैद्य, मेडिकल सुपरिटेन्डेन डा. सन्तोष सुवेदी नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष चुमा आचार्य, नेत्र ज्योती संघ लमहीका उपसभापती रेशमबहादुर खड्का, लुम्बिनी प्रदेशका कोषाध्यक्ष लिला शाह र चिप मेडिकल डाइरेक्टर सुलक्ष्मी कटवाल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन अस्पतालका सुचना अधिकारी बालाराम खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे