मुख्यमन्त्री आचार्यद्धारा कपिलधामकाे अवलाेकन, चालू बर्षमा ४० लाख बजेट बिनियाेजन



मुख्यमन्त्री आचार्यद्धारा कपिलधामकाे अवलाेकन, चालू बर्षमा ४० लाख बजेट बिनियाेजन

कपिलवस्तु १३ असाेज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कपिलवस्तुमा रहेकाे कपिल आराेग्य मन्दिर कपिल धामकाे अवलाेकन गर्नु भएको छ । महर्षी कपिलकाे पावन तपाेभूमिकाे रुपमा रहेकाे बाणगंगा नगरपालिका-९ मा अवस्थित कपिल धामकाे आइतबार अवलाेकन गर्नु भएको हाे । याे धामलाइ प्रदेशकाे गाैरवकाे आयाेजनाकाे रुपमा अगाडि बढाउन सरकारले ध्यान दिने मुख्यमन्त्री आचार्यले प्रतिबद्धता व्यक्त गर्नु भयाे ।

कपिल धामले लुम्बिनी प्रदेशकाे धार्मिक, सांस्कृतिक, र पर्यटकीय महत्त्वलाई अझ उजागर गर्ने विश्वास लिनु भएको छ । प्रदेश सरकारले पुरातात्त्विक र धार्मिक सम्पदाको संरक्षणका लागि विशेष योजना तयार गरी कार्यान्वयन गर्ने, प्रदेशका धरोहरहरूको दीर्घकालीन अस्तित्व सुनिश्चित गर्नेगरी सरकारले काम गर्ने बताउनु भयाे ।`लुम्बिनी प्रदेशलाइ धार्मिक पर्यटनकाे केन्द्र बनाउनेगरी सरकारले याेजना अघि बढाएकाे छ´मुख्यमन्त्री आचार्यले भन्नुभयाे-`सरकारले याे धामकाे विकासकाे लागि ४० लाख बजेट बिनियाेजन गरेकाे छ । यस्ता पुरातात्त्विक सम्पदाकाे संरक्षण, सम्बर्द्धन, प्रबर्द्धन गर्न ध्यान दिएका छाैं ।´

महर्षि कपिलको पावन तपोभूमि, धार्मिक पौराणिक एवम् ऐतिहाँसिक स्थल कपिलधाम स्थापना भएको थियाे । यस क्षेत्रमा योग, ध्यान, सत्संग, जडिबुट, गौशाला, गुरुकुलम्, प्राकृतिक चिकित्सालय, पुस्तकालय, साहित्य बाल उद्यान सञ्चालनकाे याेजना छ । वैदिक संस्कृत विद्यापीठ गुरुकुलमको लागि शैक्षिक अनुदान, कक्षा कोठा भवन र छात्रावास भवन निर्माण गर्न सरकारले सहयाेग गर्नुपर्ने माग राखिएको छ । धामका अध्यक्ष शंकरप्रसाद आचार्यले मुख्यमन्त्री आचार्यलाइ माग पत्र समेत बुझाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे