रेडियो राप्ती तथा राप्ती टेलिभिजनमा साउने संक्रान्ति कार्यक्रम सम्पन्न



रेडियो राप्ती तथा राप्ती टेलिभिजनमा साउने संक्रान्ति कार्यक्रम सम्पन्न

लालमटिया १ साउन । भालुवाङ सञ्चार सेवा प्रालिद्धारा सञ्चालित रेडियो राप्ती तथा राप्ती टेलिभिजनले साउने संक्रान्तिको अवसरमा शुभकामना आदान प्रदान तथा जलपान कार्यक्रम शुक्रवार आफ्नै कार्यालयमा सम्पन्न गरेको छ ।सञ्चालक समितिका अध्यक्ष रामप्रसाद उपाध्यायको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा अध्यक्ष उपाध्यायले साउने संक्रान्तिको शुभकामना व्यक्त गर्दै समाचार संप्रेषण गर्दा कसैको डरधम्कीमा नपरी सत्यतथ्य समाचार प्रसारण गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।कार्यक्रममा सञ्चालक समितिका वरिष्ठ उपाध्यक्ष टोपबहादुर कार्की, सचिव चन्द्रबहादुर जिसी, कोषाध्यक्ष मधुसुदन पौडेल, सदस्यहरु ऋषि पौडेल, ज्ञानुकादेवी अधिकारी, कौशल्या पौडेल, प्रमुख समाचार बाचिका तथा स्टेशन व्यवस्थापक अंशु बोहरा लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।त्यस अवसरमा मनोरञ्जन स्वरुप नाचगान समेत गरिएको थियो । स्टेशन म्यानेजर ओमप्रकाश गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सहायक स्टेशन म्यानेजर तथा सहायक समाचार प्रमुख सन्तोषकुमार गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे