राजपुरमा बाढीले कुखुरा फार्म र पाेखरीकाे माछा बगायाे



राजपुरमा बाढीले कुखुरा फार्म र पाेखरीकाे माछा बगायाे

राजपुर ३१ असार । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ करबलामा बिहिवार आएको भिषण बाढीले कुखुरा फार्म र पाेखरीकाे माछा बगाउँदा १० लाख बराबरको क्षति भएको छ । फार्म र पाेखरीको नजिकैबाट बग्ने महतेनिया र कोरिया खोलाले धार परिवर्तन गरि फार्ममा रहेको ४ सय ५० वटा कुखुरा र पाेखरीमा रहेको एक हजार पिस आधा केजी पुगेका माछा बगाउँदा १० लाख बराबरको क्षति भएको सो फार्मका संचालक भुपाल ओलीले जानकारी दिएका छन् ।

बिहीबार बिहान अन्दाजी ४ बजेदेखि लगातार परेको पानीले ६ बजे उक्त फार्ममा बाढी पसि हेर्दाहेर्दै पुरै कुखुरा र माछालाई बगाउनुका साथै फार्मको मुनिबाट लगाइएको वाल, तारजाली समेत भत्काएर पुरै क्षति पुराएको सो फार्मका संचालक ओलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे