राप्ती गाउँपालिका न्यायीक समितिमा ५८ वटा विवाद उपर छलफल



राप्ती गाउँपालिका न्यायीक समितिमा ५८ वटा विवाद उपर छलफल
भालुवाङ ३१ असार । राप्ती गाउँपालिका न्यायीक समितिले आर्थिक वर्ष २०७७।०७८ मा ५८ वटा विवाद उपर छलफल गराएको छ । राप्ती गाउँपालिकामा न्यायीक समितिले यस आर्थिक वर्षको २०७८ साल असार ३० गते सम्म ४३ वटा विवाद दर्ता भएको र गत वर्षको निरुपण हुन बाँकी विवाद १५ वटा गरि कुल ५८ वटा विवाद उपर छलफल गराई निरुपण गरेको न्यायिक समिति संयोजक जगदम्वाकुमारी चौधरीले जानकारी दिएकी छिन् ।
न्यायिक समितिको यस आर्थिक वर्षको असार ३० गते सम्म ३० वटा बैठक बसी मेलमिलापको माध्यम वाट ५८ वटा विवाद सर्ब सम्मतरुपमा निणर्य गरि मेलमिलाप गराईको बताईएको छ । राप्ती गाउँपालिकामा न्यायीक समितिले निणर्य कार्यान्वयनमा सहयोग गर्नका लागि २ वटा प्रहरीमा, ९ वटा अदालतमा र २ वटा वडा कार्यालयमा सिफारीस समेत गरिएको छ ।
राप्ती गाउँपालिकामा नेपालको संविधानको धारा २१७ बमोजिमको गाउँपालिकामा एक न्यायिक समिति रहनेछ भन्ने मर्म अनुसार यस राप्ती गाउँपालिकामा उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको संयोजकत्वमा ३ सदस्यीय न्यायीक समिति रहेको छ । समितिमा वडा नं १ का वडा अध्यक्ष तारा बहादुर डिसी र वडा नं ७ का वडा अध्यक्ष विद्याशरण चौधरी सदस्य रहेका छन् ।
स्थानीय सरकार संचालन ऐनको दफा ४७ को १ र २ बमोजिम आउने विवादहरुमा राप्ती गाउँपालिकामा मेलमिलापको माध्यमबाट न्याय सम्पादनको काम भैरहेको छ । न्यायीक समितिले काम गर्ने क्रममासहजता ल्याउन आठौ गाउँसभावाट बजेट विनियोजन गरि न्याय सम्पादनका लागि ईजलास, उजुरी प्रशासक, न्यायीक समिति कर्मचारी, तामिलदार, वडा गत रुपमा सुचिकृत मेलमिलाप कर्ता, वडा हरुमा मेलमिलाप केन्द्र स्थापनाको लागि बजेट विनियोजन गरिएको न्यायीक समिति संयोजक जगदम्वाकुमारी चौधरीले जानकारी दिएकी छन्।
राप्ती गाउँपालिका न्यायीक समितिमा दर्ता भएको ३५ दिन भित्रै निणर्य भएका विवादको संख्या २५, दर्ता भएको ३५ दिन पछि निणर्य भएका विवादको संख्या ३३ रहेको छ । समितिको निणर्य चित्त नबुझी पुनरावेदन गएका विवादको संख्या १ रहेको न्यायीक समितिका कर्मचारी एवं संचार संयोजक तिर्थराज ज्ञवालीले जानकारी दिए।
राप्ती गाउँपालिका क्षेत्रमा विगतमा विभिन्न संघ संस्था बाट मेलमिलाप कर्ताको तालिम लिई साविक लालमटिया र सिसहनिया गाउँ विकास समितिमा काम गर्दै आउनु भएका वडा नं १ देखी ९ सम्मका मेलमिलाप कर्तामध्य योग्यता पुगेकालाई मेलमिलाप सम्वन्धि नियमावली २०७० अनुसार पुर्नःताजगी तालिम दिई सुचिकृत गर्ने समेत निणर्य गरिएको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे