दाङमा एक कोरोना संक्रमितको मृत्यु



दाङमा एक कोरोना संक्रमितको मृत्यु

दाङ  ३१ असार ।  दाङमा कोरोना संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बगलाचुली गाउँपालिका वडा नं. ३ का ५८ बर्षीय पुरुष रहेका छन् ।

उनको उपचारको क्रममा कोरोना बिशेष अस्पताल बेलझुण्डीमा बिहीबार बेलुका ७ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए । उनी असार २९ गते देखि अस्पतालको आईसियु कक्षमा उपचाररत थिए । मृतक पुरुषलाई निमुनिया र स्वास प्रश्वासमा समस्या रहेको थियो । हाल कोरोना बिशेष अस्पतालको आसियु कक्षमा ८ जनाको उपचार भई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे