LISTEN LIVE RADIO

गढवामा अनुदानको बिऊ वितरण



गढवामा अनुदानको बिऊ वितरण

शिबराज पन्थी, गढवा २५ असोज  । गढवा गाउँपालिकाको कृषि तथा पशुसेवा शाखाले शाखाले आठवटै वडाका किसानहरुलाई ५० प्रतिशत अनुदानमा टिपिएस आलुको बिऊ तथा १०० प्रतिशत अनुदानमा घाँसको बिऊ वितरण गरेको छ । शाखाले गाउँपालिकाका सबै वडाहरुमा बिऊ पठाएर वडा अध्यक्ष तथा शाखा मार्फत बिऊ वितरण कार्य सम्पन्न गरिसकेको कृषि शाखाका अधिकृत कर्ताराम यादवले जानकारी दिनुभयो । जस अनुसार प्रति घरधुरी एक एक किलोको दरले कूल ११ सय जनालाई ५० प्रतिशत अनुदानमा टिपिएस अलुको बिऊ वितरण गरिएको कृषि शाखाले जनाएको छ ।

यसैगरि पशुसेवा शाखा मार्फत सबै वडाका गरि कुल १५ सय घरधुरीलाई निःशुल्क उन्नत घाँसको बिऊ वितरण गरेको शाखाका अधिकृत अनन्तराज रेग्मीले जानकारी दिए। जसमध्ये १० क्विण्टल बर्षिम घाँसको बिऊ तथा ५ क्ण्टिल जै नामको घाँसको बिऊ वितरण गरिएको रेग्मीले जनकारी दिए। उनका अनुसार सबै वडाहरुमा वडा अध्यक्षको नेतृत्वमा आलु तथा घाँसको बिऊ वितरण हालै सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे