LISTEN LIVE RADIO

दशैं तिहारलाई मध्यनजर गर्दै दाङमा अग्रिम टिकट बुकिङ खुल्ला



दशैं तिहारलाई मध्यनजर गर्दै दाङमा अग्रिम टिकट बुकिङ खुल्ला

देउखुरी टुडेकर्मी, दाङ २३ असोज 

दाङमा यात्रुहरुलाई मध्येनजर गरेर दशैंमा अग्रिम टिकट बुकिङ हुने भएको छ । यसअघि यातायात प्रालिहरुले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर एक महिना अघिदेखि नै अग्रिम टिकट बुकिङ खुलाउने गरेको भएपनि यो बर्ष कोरोना संक्रमणको जोखिम भएकै कारण केही ढिला हुने यातायात व्यवसायीहरुले बताएका छन् ।

अहिले दशैं आउन केही दिन बाँकी भएकाले सीमित मात्रामा गाडी संचालन गरेको त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका सचिव प्रकाश भट्टले जानकारी दिनुभयो । दैनिक १२÷१५ वटा गाडी सञ्चालन गरेकोमा अहिले यात्रुहरुको कमीका कारण दैनिक ५ देखि ७ वटा मात्रै लामो दुरीको गाडी संचालन गरेको उहाँको भनाई छ ।पहाडी रुटहरुमा सल्यान, रुकुम, रोल्पा, प्यूठानलगायतका ठाउँहरुमा यात्रुहरुको संख्यामा कमी भएका कारण सामाजिक दुरी कायम गरेर यात्रुलाई सुविधा दिएको उहाँको भनाई छ ।

यात्रुहरुको चाप हेरेर गाडीहरु थप गरि यात्रुलाई सहज तरिकाले गन्तव्यमा पु¥याउने योजनामा रहेको नमस्ते राप्ती यातायात प्रालि बामदेव खनालले बताउनुभयो । दशैको लागि यात्रुहरुको चापमा वृद्धि भएकोमा मात्रै अग्रिम टिकट बुकिङ गरिने उहाँको भनाई छ ।।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे