मध्यरातमा परस्त्रीको ओछ्यानमा पुगेका वडा अध्यक्ष पक्राउ



मध्यरातमा परस्त्रीको ओछ्यानमा पुगेका वडा अध्यक्ष पक्राउ

देउखुरी टुडेकर्मी, काठमाडौँ २३ असोज।

जनताका लागि काम गर्न भन्दै राजनीतिक नेतृत्वमा पुगेका ब्यक्तिहरुले नै असामाजिक काम गरेको देखिएको छ । एक जना वडाध्यक्षलाई परस्त्रीको ओछ्यानमा फेला पारिएको छ ।

ओखलढुंगाका एकजना वडाअध्यक्षलाई परस्त्रीको ओछ्यानमा फेला पारेपछि पक्राउ परेका छन् । नेपाली काँग्रेसका नेता तथा मानेभञ्ज्याङ गाउँपालिका–३ का वडाध्यक्ष मेडल राईलाई असामाजिक काम गरेको भन्दै पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मध्यरातमा र क्सी ले मा ते र स्थानीय महिलाको ओछ्यानमा पुगेपछि वडाध्यक्ष राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख डीएसपी रुपेश खड्काले जानकारी दिएका छन् ।

जनप्रतिनिधिले नै आफु माथि असामाजिक काम गरेको भन्दै महिला नै प्रहरी कहाँ पुगेकी थिइन् । चिनेजानेकै स्थानिय एक महिलाको ओछ्यानमा मध्यरातमा पुगेका वडाध्यक्ष राईलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ । उनलाई ब ला त्का र प्र यस गरेकोे अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

वडाध्यक्ष विरुद्ध महिलाले प्रहरी कार्यालय पुगेर लिखित उ जु री दिएकी हुन् । पक्राउ परेका राईमाथि जिल्ला अदालत ओखलढुंगाबाट ५ दिनको म्याद थप भइ अनुसन्धान भइरहेको खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे