LISTEN LIVE RADIO

दाङकाे अमिलियाबाट अबैध सुनसहित प्रक्राउ परेका तीनै जना सार्वजनिक



दाङकाे अमिलियाबाट अबैध सुनसहित प्रक्राउ परेका तीनै जना सार्वजनिक

देउखुरी टुडेकर्मी, दाङ २३ असोज ।

पुर्व पश्चिम राजमार्ग अन्र्तगत लमही नगरपालिका ९ अमिलियाबाट तिन जनालाई सुन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन् । पक्राउ पर्नेमा दाङका दुईजना र पोखराका एकजना रहेका छन् ।

पक्राउ पर्नेमा घोराहाी उपमहानगरपालिका वडा नं. १५ निवासी २५ बर्षीय कुमार श्रेष्ठ, घोराही १४ का ४२ बर्षीय सम्मान कुमार श्रेष्ठ र पोखराका अपुर्ब थैव श्रेष्ठ रहेका छन् । डिएसपी खड्का अनुसार चेकजाँच गर्दा घोराही १४ का सम्मान कुमार श्रेष्ठले दायाँ खुट्टामा लगाएको जुत्ता तलुवाको EMIRATES GOLD 500 g न एक थान र बाँया खुट्टामा लगाएको जुत्ताबाट ISTANBUL GOLD REFINERY MELTER & ASSAYER 500 g एक थान गरी दुई थान अवैध सुन लकाई छिपाई राखेको अवस्थामा फेला परेको हो ।

साथै ६० हजार रुपैया नगद बरामद भएको छ । यस्तैगरी थैव श्रेष्ठको साथबाट चाँदीको सिक्रि सहित एक हजार एक सय २० रुपैया र गाडी चालक श्रेष्ठको साथबाट १२ हजार नगद बरामद गरिएको डिएसपी खड्काले जानकारी दिएका छन् । विशेष सुचनाको आधारमा पक्राउ परेकाहरु माथी थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे