दाङमा अबैध काठसहित सात जना पक्राउ



दाङमा अबैध काठसहित सात जना पक्राउ

दाङ ४ जेठ । दाङमा अबैध काठसहित सात जना पक्राउ परेका छन् । प्रहरीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ बाट आज बिहान सात जनालाई नियन्त्रणमा लिएको हो ।

लकडाउनको मौका छोपी रा १ ख २३७४ नम्बरको बसमा लोड गरिराखेको सुचुनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलिले बस र काठसहित सात जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका सात जनाको नाम प्रहरीले सार्वजनिक गरेको छैन  । प्रहरीले उनीहरुको साथबाट १७ थान काठ बरामद गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले जानकारी दिए । पक्राउ परेका सातजनामाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे