सांसद गंगा थारुको पहलमा दुई कोरोना अस्पताललाई दैनिक ५ वटा अक्सिजन सिलिन्डर दिन सुरु



सांसद गंगा थारुको पहलमा दुई कोरोना अस्पताललाई दैनिक ५ वटा अक्सिजन सिलिन्डर दिन सुरु

देउखुरी ४ जेठ । कोरोना संक्रमणका कारण जिल्लामा अक्सिजनको चरम अभाव भइरहेको बेला प्रतिनिधि सभा सदस्य सांसद गंगा थारुले देउखुरीका दुई कोरोना अस्पताललाई अक्सिजन सिलिन्डर दिन सुरु गरेकी छिन् ।

सांसद थारुले दाङको सोनापुर सिमेन्ट उद्योगको सहयोगमा देउखुरीको लमहीमा रहेको कोरोना विषेश अस्पताललाई दैनिक ३ वटा र सिसहनियाँमा रहेको कोरोना विषेश अस्थायी अस्पताललाई दैनिक २ वटा गरी ५ वटा अक्सिजन सिलिन्डर उपलब्ध गराउन सुरु गरेकी छिन् ।

हरेक दिन निशुल्क रुपमा देउखुरीका संक्रमितलाई केहि रातह होस भन्नका लागि ५ थान अक्सिजन सहयोग गर्ने योजना अनुसार मंगलवार लमहीमा रहेको कोरोना विषेश अस्पताललाई दैनिक ३ वटा र सिसहनियाँमा रहेको कोरोना विषेश अस्थायी अस्पताललाई २ अक्सिजन सिलिन्डर उपलब्ध गराएको सांसद थारुले जानकारी दिएकी छिन् ।

‘अक्सिजन अभावका कारण कसैले पनि अमूल्य जीवन गुमाउन नपरोस् भन्ने मेरोे उद्देश्य हो । उनले भनिन् , ‘यो अप्ठ्यारो अवस्थामा हामीले मानवीय सहयोग गर्नुपर्छ । त्यही भएर अक्सिजन पु¥याउन थालेका हुँ ।’ जिल्लामा उत्पादन भइरहेको अक्सिजन र डिलरहरुको नियमित रुपमा आपूर्ति भइरहेको सन्दर्भमा माग अत्यधिक भएपछि सबै सरोकारवाला निकायको अनुरोधमा सोनापुर सिमेन्ट उद्योगको सहयोगबाट मैले निशुल्क रुपमा अक्सिजन दिने पलान बनाएको हुँ सांसद थारुले भनिन् । यसै बीच सांसद थारुले आज नै गढवाका स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्री उपलब्ध गराउने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे