जसपा सरकारमा नजाने, पाए आफैं नेतृत्व लिने



जसपा सरकारमा नजाने, पाए आफैं नेतृत्व लिने

काठमाडैं ४ जेठ । जनता समाजवादी पार्टी (जसपा) अरू पार्टी नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ । अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति निकालेर अरू राजनीतिक दल नेतृत्वको सरकारमा आफूहरू सहभागी नहुने स्पष्ट गरेका हुन् ।

तर राष्ट्रिय सहमति अथवा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर आए सरकार गठन गर्न अघि बढ्ने अध्यक्षद्वय ठाकुर र यादवको भनाइ छ । यसअघि जसपाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा सांसदहरूलाई आ–आफ्नो विवेक प्रयोग गर्न दिएको थियो । त्यसबेला अध्यक्ष ठाकुर पक्षका सांसदहरू तटस्थ बसेका थिए भने अध्यक्ष यादव समूहका सांसदहरूले भने विश्वासको मतको विपक्षमा मत दिएका थिए ।

जसपाका एउटा समूह र एमालेकै खनाल–नेपाल समूहले विश्वासको मत नदिँदा प्रधानमन्त्री ओली अल्पमतमा परेका थिए । यस्तै पार्टीमा उत्पन्न भएका समस्यालाई आन्तरिक रूपमै छलफल गरेर पार्टी विधानअन्तर्गत रहेर समस्याको समाधान गर्नुपर्ने संयुक्त विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे