दाङमा जारी लकडाउनलाइ थप कडा बनाइदै



दाङमा जारी लकडाउनलाइ थप कडा बनाइदै

दाङ २ जेठ । स्थानीय प्रशासनले लगाउँदै आएको निषेधाज्ञा जेठ १५ गतेसम्म लम्ब्याएको छ । जिल्लामा संक्रमितको संख्या बढ्दै जानु तथा मृत्युदर पनि बढ्दै गएको हुँदा त्यो रोकथाम र नियन्त्रण गर्नका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको छ ।

बैशाख १७ गते बिहान ६ बजेदेखि सुरु भएको निषेधाज्ञा पछिल्लो निर्णय संगै अब जेठ १५ गते बेलुका ६ बजेसम्म कायम रहने भएको छ । जिल्ला कोभिड संकट ब्यबस्थापन केन्द्रको शुक्रबारको बैठकले निषेधाज्ञा थप कडाई गर्ने निर्णय गरेको छ ।

पछिल्लो समय हप्तामा दूई दिन आइतबार र बुधबार मात्रै बिहान ७ बजेदेखि ८ बजेसम्म अत्याबश्यक सामाग्री किनमेल गर्न पाइने समय तोकिएको छ । यअसघि हप्तामा सातै दिन अत्याबश्यक सामाग्रीहरु खाद्यान्न, खानेपानी, दूध, तरकारी, इन्धन, औषधी, बिद्युत आपुर्ती, टेलिफोन, फोहरमैला ब्यबस्थापन र पशुपंक्षिको दाना किनमेलका लागि समय छुट्याइएको थियो ।

त्यस्तै पूर्वपश्चिम भएर सञ्चालन हुने गाडीहरुबाट जिल्लामा यात्रु उठाउन र झार्न समेत निषेध गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे