आइएमइ लाइफद्धारा घरमै पुगेर बिमा रकम हस्तान्तरण



आइएमइ लाइफद्धारा घरमै पुगेर बिमा रकम हस्तान्तरण

गढवा १ जेठ । आईएमई लाईफ ईन्स्योरेन्स कम्पनी लि. शाखा कार्यालय लमहीले कोभिड महामारीको समयमा पनि मृतकको घरमै पुगेर बिमा रकम हस्तान्तरण गरेको छ । शुक्रवार गढवा गा.पा. ७ चन्दनपुरका विमित स्व. रामदुलार चौधरीको निवासमा पुगी मृतककी श्रीमती घनुमाया चौधरी लाई चार लाख दश हजार चार सय रुपैयाँको चेक हस्तान्तरण गरेको कम्पनीका लमही शाखा प्रमुख कृष्णकुमार चौधरीले जानकारी दिए ।

स्व. रामदुलार चौधरीले १ बर्ष अगाडी आई.एम.ई लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय लमहीमा रु.४ लाखको विमा गर्नु भएको र निजको मिति २०७७ मंसिर १७ मा निधन भएको थियो । मृतकको परिवारलाई रकम हस्तान्तरण गर्दै आईएमई लाईफ ईन्स्योरेन्स कम्पनी शाखा कार्यालय लमहीका शाखा प्रमुख कृष्णकुमार चौधरीले जिवन विमा भनेको आफु र आफ्नो आश्रीत परिवारको लागी एक आर्थीक विकासको ठुलो आधार भएको बताए ।

जिवन विमा एक अनिबार्य बचत तथा भविष्यमा आईपर्ने अकल्पनीय घटना हँुदा आश्रीत परिवारलाई ठूलो आर्थीक राहत मिल्ने गर्दछ हामी जिवन विमा गराउने कम्पनीले कसैको पनी अकल्पनीय र अल्पायुमा मृत्यु हुन नपरोस भन्ने चाहन्छौँ । विमा गरेको एक मुष्ट रकम विमा समाप्ती अर्थात विमितको बुढेस कालको सहारा बनोस भन्ने चाहन्छौँ । आफु बाचुन्जेल आफुलाई र आफु नहुँदा परिवारको लागी विमा अती आवश्यक भएको उनले बताए ।

बिमीतको परिवार घनुमाया चौधरीले यस दुःखद अवस्थामा विश्व नै कोभिड को महामारीमा रहेको यस विषम परिस्थितीमा समेत कम्पनीले घरमै आएर विमा बापतको आर्थीक राहत दिएकोमा प्रशंसा ब्यक्त गरे । कम्पनीले बिमा रकम दिएर आफू र वालवच्चाको जिवन जिउनको लागी ठूलो राहात बनाएको भन्दै उनले कम्पनीलाई धन्यवाद ज्ञापन गरे ।

बिमा कम्पनीका लुम्विनी प्रदेश प्रमुख तथा कम्पनीका एजिएम ऋषिभक्त ढकाल र कम्पनीका एरिया प्रमुख दिपेन्द्र राउतले कोभिडको विषम परिस्थितीमा पनि घरमै आएर शोकाकूल परिवारमा समवेदना ब्यक्त गर्दै रकम हस्तान्तरण गर्न पाएकोमा गर्भ लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे