दाङबाट हराएको जीप रौतहटमा भेटियो



दाङबाट हराएको जीप रौतहटमा भेटियो

दाङ २ जेठ । निषेधाज्ञामा दाङबाट हराएको जीप रौतहटमा भेटिएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका-१८ दुधरासमा पार्किङ गरेर राखिएको जीप हराएको पाँच दिन पछि रौतहटमा फेला परेको प्रहरीले जनाएको छ ।

गाडीधनी बाबुराम बस्नेतका अनुसार गएको मंगलबार राति १२ बजे घर अगाडि रोकेर राखेको भे १ च २०६९ नम्बरको जीप हराएपछि खोजी गरिएको थियो । खोजी गर्ने क्रममा हिजो दिउँसो ४ बजेतिर ईलाका प्रहरी कार्यालय गरुडाले जीप फेला पारेको जानकारी गराएको गाडीधनी बस्नेतले जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे