दाङकाे नारायणपुर उद्योग वाणिज्य संघले ल्यायाे अटाे एम्बुलेन्स सेवा



दाङकाे नारायणपुर उद्योग वाणिज्य संघले ल्यायाे अटाे एम्बुलेन्स सेवा

दाङ २ जेठ । काेराेना भाइरसकाे सङ्क्रमण बढिरहेकाे र निषेधाज्ञा जारी रहेकाे बेला बिरामीलाई सहजता दिलाउन दाङकाे नारायणपुर उद्योग वाणिज्य संघले अटाे एम्बुलेन्स सेवा सुचारू गरेकाे छ ।

सङ्क्रमण बढ्दै जाँदा जेठ १ गतेदेखि नारायणपुर बजार पूर्ण रूपमा सिल गरिएकाे छ । काेराेनाका बिरामीलाई अस्पतालसम्म पुर्‍याउन र पिसिआर जाँच गराउनका लागि संघले अटाे एम्बुलेन्स सुरू गरेकाे संघका अध्यक्ष अभियान बस्नेतले बताए । `निषेधाज्ञाकाे बेला र सङ्क्रमित एवम् सम्भावितकाे पिसिआर जाँचका लागि यातायातको समस्या भएकाे र प्रशस्त मात्रामा एम्बुलेन्स उपलब्ध नभएका कारण अटाे एम्बुलेन्स सुरू गरेका हाैँ, अध्यक्ष बस्नेतले भने ।
अहिले ५ वटा अटाे एम्बुलेन्स सञ्चालनमा रहेका छन् । अटाे एम्बुलेन्सले सङ्क्रमितलाई अस्पतालमा पुर्‍याउने र सम्भावितलाई पिसिआर चेकजाँचका लागि ओसारपसार गर्नेछन् ।
संघले अटाे चालककाे ५ लाखकाे विमा गरिदिएकाे छ । उनीहरूलाई स्वास्थ्य सामग्री तथा पिपिइ सेट उपलब्ध गराएकाे छ । अटाे व्यवस्थापनकाे लागि संघका वाणिज्य उपाध्यक्ष तिलक महारालाई जिम्मेवारी दिइएकाे छ ।

अटाे एम्बुलेन्सका लागि प्रयाेग भएका अटाे :
रा १ ह २८७०/ विनाेद भण्डारी : ९८४७८२९२३२
रा १ ह २२६८/ दामाेदर घिमिरे : ९८०९८३२७२३
रा १ ह ३४१४/ गाेपाल बहादुर नेपाली : ९८२९७२४९४
रा १ ह ३३४६/ डिल्लीराज आचार्य : ९८६८९९३४०६
रा १ह २८१५/ विजय पाैडेल: ९८६०४९८७००

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे