LISTEN LIVE RADIO

लोप हुँदै सारंगीको धुन



लोप हुँदै सारंगीको धुन

भालुवाङ २ जेठ । सारंगीको धुन सँगै गीत गाइरहेका थिए घोराहीका अर्जुन गन्धर्व । अर्जुनले दाङका विभिन्न ठाउँहरुमा सारंगीको धुन रेटेर गीत गाउँदै आएको १२ वर्ष भयो । सानै उमेर देखि गीत गाउँदै आएका अर्जुनले यही पेशाबाट परिवार पाल्दै आएका छन् ।

कुनै बेला दुःख पीडाका गीत गाउँदै हिँड्ने गाइनेहरू पछिल्लो समय अक्कल झुक्कल मात्र भेटिन्छन् । युवाहरुले यस पेशा नअँगाल्दा सारंगी बजाउने पेशा लोप हुन थालेको छ । सञ्चार माध्यमको प्रभाव नभएको समयमा कुनै घटना, दुर्घटनालाई गीत बनाएर गाउँगाउँ सम्म पु¥याउने काम गाइनेहरुले गर्दथे । लाहुरेले भोगेका दुःख कष्टलाई भाका हालेर सुनाउँथे । त्यसैले बाटोमा हिँड्दै गरेको गन्धर्वलाई घरघरमा बोलाएर गीत गाउन लगाउने र मन खोलेर दक्षिणा चलन थियो ।

तर, अहिले न गन्धर्वहरु सारंगी काँधमा भिरेर गाउँगाउँमा पुग्छन् न युद्धगाथा, कर्खा र घटनाबारे वर्णन नै गर्छन् । पहिले पहिले गन्धर्व समुदायलाई गाइने भनेर चिनिन्थ्यो । पछिल्लो समय उनीहरु गाइने भन्न रुचाउँदैनन् । पहिलो पुस्ताले राम्रो व्यवहार गरे पनि नयाँ पुस्ताले घृणा गर्ने गरेको अर्जुन गन्धर्वले बताउनु भयो । यही कारण सारंगी बजाउनेको संख्या घट्दै गएको उनको भनाई छ ।

बुवा बाजेहरुले रेट्दै आएको सारंगी आफुले अंगाले पनि नयाँ युवा पुस्ता सारंगी बजाउने पेशाप्रति आकर्षित नहुँदा सारंगी बजाउने पेशा नै लोप हुने अवस्थामा पुगेको अर्जुन गन्धर्वको भनाई छ । नेपाली मौलिक बाजा र संस्कृतिको संरक्षण गर्नुपर्ने बेला आएको उनको भनाई छ । तर राज्यले यसबारे ध्यान नदिएको उनले गुनासो गरे । मौलिक बजागाजा मध्ये सारंगी नेपालको पुरानो बाजा हो । त्यसैले यस्ता बाजाको संरक्षण गर्न सरकार र युवा पुस्ताले ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे