LISTEN LIVE RADIO

दाङका बैंकहरुमा सेवाग्राहीको लाइन, स्वास्थ्य सुरक्षामा चरम लापरवाही



दाङका बैंकहरुमा सेवाग्राहीको लाइन, स्वास्थ्य सुरक्षामा चरम लापरवाही

भालुवाङ ३१ वैशाख । कोरोना भाइरसको महामारी कायम रहदा पछिल्लो समय दाङमा हप्ताको दुई दिन बैंकहरु खुल्ने गरेका छन् । बैंकहरु बार अनुसार हप्ताको दुई दिन खुल्न थालेसँगै अहिले बैंकहरुमा सेवाग्राहीको चाप बढ्दै जान थालेको छ ।कोरोना संकट व्यबस्थापन केन्द्र दाङले आर्थिक कारोबारोका लागि बैंकलाई पालो अनुसार हप्ताको दुई दिन खुल्न दिएसँगै बैंकहरुमा सेवाग्राहीको चाप बढ्दै जान थालेको हो । बैंकहरु विहान ११ बजेदेखी दिउँसो १ बजेसम्म खुल्ने गरेका छन् ।

 

तर बैंकमा सेवा लिन आउने सेवाग्राहीहरुले भने खासै स्वास्थ्य मापदण्डको पालना नगरी लापरवाही गरेको देखिएको छ । यसै क्रममा शुक्रवार दाङ देउखुरीको भालुवाङमा रहेको कर्णाली डेभलपमेन्ट बैंक र सिसहनियाँमा रहेको कुमारी बैंकमा सेवाग्राहीहरुको निकै भिड देखियो ।

यस्तै दाङका ठुला शहरहरु घोराही, तुलसीपुर, लमही, नारायणपुर लगायतका बजारका अन्य बैंक तथा वित्तिय संस्थाहरुमा पनि सेवाग्राहीहरुको चाप बढेको देख्न सकिन्छ । यस तर्फ बैंकका संचालक, प्रहरी प्रशासन तथा स्थानीय सरकारको भने ध्यान जान सकेको छैन जसले गर्दा महामारी दिन प्रतिदिन झन बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे