LISTEN LIVE RADIO

लकडाउनको मौकाछोपी राप्तीमा नदीजन्य पदार्थ उत्खनन



लकडाउनको मौकाछोपी राप्तीमा नदीजन्य पदार्थ उत्खनन

भालुवाङ ३१ वैशाख ।लकडाउनको मौकाछोपी दाङको भालुबाङ स्थित  राप्ती नदीमा नदीजन्य पदार्थ उत्खनन बढेको छ । प्रगन्ना सिंचाई परियोजना नहरको २ नम्बर इन्टेक नजिक शुक्रवार बिहान ५ बजे देखि डोजर, स्काभेटर, ट्रिप्पर प्रयोग गरी उत्खनन् गरिएको राप्ती उपत्यका एवं प्रयावरण संरक्षण समितिका सचिव होमप्रसाद शर्माले जानकारी दिएका छन् ।

यस विषयमा दाङका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, जिल्ला समन्वय समिती दाङ, राप्ती गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका प्रमुख, स्थानीय प्रशासन प्रमुख लगायत सरोकारवाला सम्पुर्ण निकाय संग डोजर आतंक रोक्न र किसान तथा कृषि योग्य जमिनको संरक्षणको मागहरु सुनुवाई गर्न समितिका सचिव शर्मा अनुरोध गरेका छन् ।

यदि जबरजस्ती यस्ता कार्य हुँदै गएमा कोरोना महामारीको कुनै प्रवाह नगरी किसान मजदुरहरु आन्दोलनमा उत्रने चेतावनी समेत समितिले दिएको छ । साथै त्यसबाट निस्कने परिणामको जिम्मेवारी सम्बन्धीत निकायले लिनुपर्ने समितिले बताएको छ । गत वर्षमा यस्तै प्रकारको उत्खननमा जनताको ठुलो आन्दोलनको दवावबाट नदीजन्य पदार्थ रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे