LISTEN LIVE RADIO

कोरोना संक्रमितको उपचार ब्यबस्था सहज बनाउन पत्रकार महासंघ दाङकाे माग



कोरोना संक्रमितको उपचार ब्यबस्था सहज बनाउन पत्रकार महासंघ दाङकाे माग

दाङ २९ वैशाख । नेपाल पत्रकार महासंघ दाङले कोरोना संक्रमित तथा अन्य बिरामीहरूको सहज उपचारको ब्यबस्था मिलाउन सरकारसंग माग गरेको छ । महासंघका अध्यक्ष दुर्गालाल केसी र सचिव आरके शितलले बुधबार विज्ञप्ति जारी गरी तीन वटै तहका सरकारलाई बिरामीको उपचारमा गम्भीर भई स्वास्थ्य सामाग्रीको ब्यबस्थापनमा ध्यान दिन आग्रह गरेका हुन् ।

अहिले अस्पतालमा अक्सिजन र बेड नपाएर बिरामीको अकालमै ज्यान गैरहेको छ भने कतिपय बिरामीहरू अस्पतालको गेट सम्म पुगेर बेड नपाई फर्कनु परेको छ ।त्यस्तै कतिपय बिरामीहरूको अस्पताल र अक्सिजन खोज्दा खोज्दै बाटोमै ज्यान गैरहेको छ । यस्तो विशम परिस्थितिमा संघ, प्रदेश, स्थानिय सरकार र राजनीतिक दहरुको आवश्यक पहलकदमी र तदारुकता नपुगेको महशुस दाङबासिले गरेका छौं,विज्ञप्तिमा भनिएको छ ।

साथै दाङमा कोरोना विशेष अस्पताल बेल्झुण्डी बाहेक अन्यत्र कतै पनि आइसियु बेड नभएको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उद्घाटन भएर पनि आइसियु सञ्चालन हुन सकेको छैन । बिरामीले सहजै बेड,अक्सिजन र उपचार पाउने वातावरण मिलाउन तिनै तहका सांसद,राजनीतिक दल र जिल्लास्थित सरकारी अधिकारीहरुलाई महासघ दाङले अपील गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे