LISTEN LIVE RADIO

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा गुरुङ, मुख्यमन्त्री गुरुङद्वारा शपथ ग्रहण



गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा गुरुङ, मुख्यमन्त्री गुरुङद्वारा शपथ ग्रहण

कास्की २९ बैशाख । गण्डकी प्रदेशमा फेरि पनि एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री बनेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दाबी गरेको भए पनि बहुमत नपुगेपछि गुरुङ नै मुख्यमन्त्री बनेका हुन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रदेश सभामा ठूलो दलको हैसियतले एमाले संसदीय दलका नेता गुरुङलाई सरकार गठन गर्न आह्वान गरेका छन् ।  कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत पुर्‍याउन नसकेपछि गुरुङ संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको ठूलो दलको संसदीय दलको हैसियतमा फेरि मुख्यमन्त्री बनेका हुन् ।

राष्ट्रिय जनमोर्चाका दुई जना प्रदेश सभा सदस्यले आफूहरू तटस्थ बस्ने बताएपछि विपक्षी गठबन्धनको बहुमत नपुगेको हो । प्रदेश सभा सदस्यहरू कृष्णचन्द्र थापा र खिमविक्रम शाहीले छुट्टा छुट्टै विज्ञप्ति निकालेर सरकार निर्माणको विषयमा आफूहरू तटस्थ रहेको जानकारी गराएका थिए ।

यता गण्डकी प्रदेशकाे मुख्यमन्त्रीका रूपमा पुनः नियुक्त हुनुभएका एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले शपथ लिएका छन् ।  मुख्यमन्त्री गुरुङलाई संविधानकाे धारा १६८ काे उपधारा ३ बमाेजिम प्रदेश प्रमुख सीताकुमारी पाैडेलले पद तथा गाेपनीयताकाे शपथ खुवाएकी हुन् ।

गुरुङले तीन दिनअघि राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले तीन दिनको समय दिएर बहुमतको सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई चार दलका ३१ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दाबी गरेको भए पनि बहुमत नपुगेपछि पृथ्वीसुब्बा गुरुङलाई नै नियुक्त गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे