LISTEN LIVE RADIO

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलद्धारा पुन : दाेस्राे पटक राजीनामा दिने तयारी



लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलद्धारा पुन : दाेस्राे पटक राजीनामा दिने तयारी

बुटवल २६ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने तयारी गरेका छन् । उनीविरुद्ध आज मात्रै अविश्वास प्रस्ताव दर्ता गरिएको छ । विपक्षी गठबन्धनमा रहेका कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदहरूले पुन: अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख १९ गते विशेष अधिवेशन बोलाएर अन्त्य भइसकेको छ । पोखरेलविरुद्ध यसअघि पनि अविश्वास प्रस्ताव दर्ता भएको थियो । तर, राजीनामा दिएर एमालेको एकल बहुमतको दावीसहित उनी पुन: मुख्यमन्त्रीमा नियुक्त भएका थिए । विपक्षी गठबन्धनले भने आफूतिर बहुमत रहेको भन्दै मुख्यमन्त्रीको पुनर्नियुक्ति खारेज गर्नुपर्ने जिकिर गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे