दाङमा आइतबार थप १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि



दाङमा आइतबार थप १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि

दाङ २६ वैशाख । दाङमा कोरोना संक्रमित थपिने दर हिजो भन्दा आज कम रहेको छ । दाङमा आज थप १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङका अनुसार संक्रिय संक्रमितको संख्या १ हजार ९ सय १३ रहेको छ ।

यो संगै बैशाखयता कुल संक्रमितको सख्या ३ हजार १ सय ६८ पुगेको छ । जिल्लामा आज २१६ जना निको भएका छन् । यो संगै बैशाखयता जिल्लामा निको हुनेको संख्या १ हजार २ सय ५५ पुगेको छ । जिल्लामा थप ८ जना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा घोराहीका ६ जना बबई र दंगीशरणका १ र १ जना रहेका छन् । यो संगै बैशाखयता मृत्यु हुनेहरुको संख्या ६६ पुगेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे