गढवामा श्रीमानले खुँडा प्रहार गरि श्रीमतिको हत्या गरे



गढवामा श्रीमानले खुँडा प्रहार गरि श्रीमतिको हत्या गरे

गढवा २६ बैशाख । दाङकाे देउखुरीमा श्रीमानले खुँडा प्रहर गरि श्रीमतिको हत्या गरेका छन् । गढवा गाउँपालिका वडा नं. २ का ४० बर्षीय धनिराम चौधरीले ४३ बर्षीय श्रीमति सीता चौधरीलाई खुँडा प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिए ।

‘आपसी बिबादमा श्रीमानले श्रीमतिमाथि खुँडा प्रहार गरेको र लमही तर्फ उपचारका लागि ल्याउँदै गर्दा बाटामै मृत्यु भएको डिएसपी रिजालले बताए । बिहान पौने १० बजेतिर चौधरीले घरमै खुँडा प्रहरी गरि श्रीमतिलाई गम्भीर घाइते तुल्याएको र उपचारका लागि लमही अस्पताल ल्याउँदै गर्दा ११ बजेतिर घाइतेको बाटोमै मृत्यु भएको डिएसपी रिजाले जानकारी दिए । खुँडा प्रहार गर्ने चौधरीलाई नियन्त्रण लिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे