लुम्बिनीको मुख्यमन्त्रीमा कुलबहादुर केसीलाई नियुक्त गर्न चार दलको माग



लुम्बिनीको मुख्यमन्त्रीमा कुलबहादुर केसीलाई नियुक्त गर्न चार दलको माग

बुटवल २३ वैशाख । लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले मुख्यमन्त्री शंकर पोखरेललाई राजीनामा दिन र नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसँग माग गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले बिहीबार पत्रकार सम्मेलन गरी मुख्यमन्त्री पोखरेल अल्पमतमा परेको भन्दै उनको नियुक्ति असंवैधानिक र अराजनीतिक भएको दोहो¥याएका छन् ।

चार दलले तत्काल प्रदेश सभाको विशेष अधिवेशन बोलाउन र विपक्षी गठबन्धनका कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गरेका छन् । प्रदेश सभामा हाल कायम ७९ जना सदस्यमध्ये ४१ जनाले केसीलाई समर्थन गरेको तर मुख्यमन्त्री पोखरेलको समर्थनमा ३८ जनामा रहेको विपक्षी ४ दलको दावी छ । संविधान, विधि प्रक्रिया मिचेर अल्पमतको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गरेर प्रदेश प्रमुखले राज्यशक्तिको दुरुपयोग भएको चार दलले बताएका छन् । आफू अल्पमतमा रहेको थाहा हुँदाहुदै पनि संविधान र कानूनको अपव्याख्या गरी सपथ ग्रहण गर्नु पोखरेलको पदलोलुपता, अराजनीतिक चरित्र र निरंकुश कदम मात्र नभई वैचारिक राजनीतिक नियत नै खराब रहेको चार दलले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

एमाले संसदीय दलका नेता पोखरेलले ४१ जना आफ्नो पक्षमा रहेको दावी गरेर मुख्यमन्त्रीमा नियुक्ति भएपनि तत्कालिन नेकपाबाट निर्वाचित विमला डांगीले माओवादी केन्द्र रोजेकी, एमालेबाट निर्वाचित प्रदेशसभा सदस्यहरु दृगनारायण पाण्डे र अमरबहादुर डाँगीले राजीनामा दिएकाले पोखरेल स्पष्ट रुपमा अल्पमतमा परेको चार दलले बताएका छन् । मुख्यमन्त्रीले नैतिकताको आधारमा राजीनामा नदिए कानूनी र राजनीतिक लडाई लड्ने माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे