दाङको सितलपुरमा काेराेना संक्रमितको दाहसंस्कार गर्ने ठाउँ छुट्टै



दाङको सितलपुरमा काेराेना संक्रमितको दाहसंस्कार गर्ने ठाउँ छुट्टै

दाङ २३ वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित बबईको सितलपुर घाटमा कोरोना संक्रमतिकालागि छुट्टै दाहसंस्कार गर्ने स्थान तोकिएको छ । संक्रमित भएका र नभएकालाई एकै स्थानमा दाहसंस्कार गर्दा नागरिकहरु त्रसिद हुनुपर्ने अबस्था रहेको भन्दै छुट्टा–छुट्टै स्थान तोकिएको पत्रकार देविराम कुसारीले बताए ।

उहाँका अनुसार यस अघि कोरोना संक्रमितको शव पूर्ण रुपमा नजल्ने गरेको थियो । यो समस्या अहिले हटेको छ । दाउरा अभाबमा शव जलाउन पनि कठिन रहेको थियो । अहिले भने सबैतिरबाट दाउरा संकलन गरि राखिएकाले सहज भएको कुसारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे