LISTEN LIVE RADIO

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त



लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त

बुटवल १९ बैशाख । नेकपा एमाले लुम्बिनी प्रदेशका संसदीय दलका नेता शङ्कर पाेखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले शङ्कर पाेखरेललाई संविधानकाे धारा १६८​ काे उपधारा (१) बमाेजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

यसअघि पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए ।  मुख्यमन्त्री पाेखरेलले आज बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे