LISTEN LIVE RADIO

लुम्बिनी प्रदेशमा विमला वलीले माओवादी रोजेपछि एमाले अल्पमतमा



लुम्बिनी प्रदेशमा विमला वलीले माओवादी रोजेपछि एमाले अल्पमतमा

बुटवल १९ बैशाख । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट निर्वाचित प्रदेश सभा सदस्य विमला वलीले माओवादी केन्द्र रोजेसँगै लुम्बिनी प्रदेशको प्रदेश सभामा नेकपा एमाले अल्पमतमा परेकाे छ ।

दाङ क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । सर्वोच्चको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र बिउँतिएपछि उनी दुवै समूहमा खुलेकी थिइनन् । वलीले माओवादी केन्द्र रोजेको औपचारिक जानकारी प्रदेशसभालाई गराइ सकेकी छिन् ।

नेकपा एमालेबाट निर्वाचित उत्तरकुमार वलीकाे गाडी दुर्घटनामा ज्यान गएपछि उनकी पत्नी विमला उपचुनावमा विजयी भएकी थिइन् । वलीले माओवादी रोजेपछि ८१ सदस्यीय लुम्बिनी प्रदेशसभामा सत्तारूढ एमालेसँग ४० सांसद मात्रै भएको छ । गण्डकी प्रदेशमा मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा दिएलगत्तै एमालेको संसदीय दलको बैठकले फेरि पोखरेललाई नै मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे