LISTEN LIVE RADIO

लुम्बिनी प्रदेशमा एमालेको एकल बहुमतको सरकार बनाउने गृहकार्य सुरु



लुम्बिनी प्रदेशमा एमालेको एकल बहुमतको सरकार बनाउने गृहकार्य सुरु

बुटवल १९ बैशाख । लुम्बिनी प्रदेशमा एकल बहुमतको सरकार बनाउने गृहकार्य सुरु भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएसँगै अब नयाँ सरकार गठनको गृहकार्यमा नेकपा एमाले अघि सरेको हो ।

जनता समाजवादी पार्टीका ४ सांसद पदमुक्त भएसँगै लुम्बिनीमा नेकपा एमालेको एकल बहुमत पुगेको छ । यसअघि संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेका मुख्यमन्त्री पोखरेललाई अब संविधानको धारा १६८ को १ अनुसार एकल सरकार बनाउने बाटो खुलेको छ ।

लुम्बिनी प्रदेशमा एकल बहुमतको सरकार गठनको गृहकार्य सुरु भएको नेकपा एमालेको रुपन्देहीका जिल्ला इञ्जार्ज दधिराम न्यौपानेले बताए । उनले अब नेकपा एमालेको एकल बहुमतको सरकार बनाउने गृहकार्य सुरु हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे