LISTEN LIVE RADIO

कम्युनिष्ट आन्दोलनको कार्यभार पूरा गर्ने दायित्व मसालको काँधमा आएकाे छ : प्रबक्ता भण्डारी



कम्युनिष्ट आन्दोलनको कार्यभार पूरा गर्ने दायित्व मसालको काँधमा आएकाे छ : प्रबक्ता भण्डारी

दाङ ९ वैशाख । दाङकाे घोराहीमा १५२ औं लेनिन जयन्ती तथा ७३ औँ पार्टी स्थापना दिवस मनाइएकाे छ । नेकपा (मसाल) जिल्ला समिति दाङ देउखुरीको आयोजनामा दिवस मनाइएकाे हाे । नेकपा मसाल दाङ जिल्ला प्रवक्ता भरत भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका जिल्ला प्रबक्ता भण्डारीले नेपाली कम्युनिष्ट आन्दोलनको कार्यभार पूरा गर्ने दायित्व नेपाल कम्युनिस्ट पार्टी मसालको काँधमा अाएकाे बताएका छन् । नेपालमा कम्युनिष्ट जनमत राम्रो भएतापनि नेतृत्वमा देखिने अबसरबादी र चरित्रका कारण कम्युनिष्ट आन्दोलन बदनाम भएको बताए ।

यस्तै अखिल नेपाल युबक संघका पुर्ब केन्द्रिय अध्यक्ष काशिनाथ पोख्रेलले लेनिनले कम्युनिष्ट आन्दोलनलाई ब्यबस्थित गरेको बताए । सोही कार्यक्रमलाई सम्बोधन गर्दै राजमो केन्द्रिय वैकल्पिक सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले कम्युनिष्ट आन्दोलनमा देखिने सबै खाले अबसरबादका विरुद्ध लडेर कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाउनु पर्ने बताए।

कार्यक्रममा तराई मधेस जनबादी मोर्चाका केन्द्रिय उपाध्यक्ष हनुमान चौधरी , जनजाति सम्मेलनका केन्द्रिय सदस्य रामबहादुर जिएम, अखिल नेपाल किसान महासंघका जिल्ला सदस्य मनिराम खनाल, उद्योग ब्यापार संघका जिल्ला कोषाध्यक्ष हरि खरेल, अखिल नेपाल ट्रेड युनियन महासंघका जिल्ला सचिव तुल्सिराम पन्थी अखिल (छैंठौ) दाङ जिल्ला सचिवालय सदस्य दिनेश रैदास र अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला सदस्य टोपाराम भट्टराईको सहभागिता रहेको थियो। भने कार्यक्रमको सन्चालन सुशील पोख्रेलले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे