LISTEN LIVE RADIO

जबरजस्ती करणी मुद्धामा फरार देउखुरीका एक व्यक्ति ९ महिना पछि पक्राउ



जबरजस्ती करणी मुद्धामा फरार देउखुरीका एक व्यक्ति  ९ महिना पछि पक्राउ

भालुवाङ ९ बैशाख । दाङ प्रहरीले जवरजस्ती करणी मुद्धामा फरार रहेका एक व्यक्ति ९ महिना पछि पक्राउ गरेको छ । राप्ती गाउँपालिका वडा नम्बर ३ वस्ने २८ वर्षका अर्जुन विकलाई बिहिवार दिउँसाे १ बजेकाे समयमा घोराही १५ तुलसीपुरचोकमा लुकिछिपि  हिडिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिएका छन् ।

गत साउन १६ गते जवरजस्ती करणी मुद्धामा फरार रहेका विकलाई पक्राउ गरि दाङ देउखुरी जिल्ला अदालतमा उपस्थित गराईएको छ । साथै अपराधिक  घटना घटाई फरार रही लुकिछिपी रहेका व्यक्तिहरु सम्बन्धि कुनैपनि जानकारी भए प्रहरी कार्यालयमा जानकारी गराउन जिल्ला प्रहरी कार्यालय दाङले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे