LISTEN LIVE RADIO

 दाङमा मोटरसाइकल र ट्याक्सी एक आपसमा ठोक्किदा एक बालकको मृत्यु



 दाङमा मोटरसाइकल र ट्याक्सी एक आपसमा ठोक्किदा एक बालकको मृत्यु

तुलसीपुर ७ वैशाख । दाङमा मोटरसाइकल र ट्याक्सी एक आपसमा ठोक्किदा एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मंगलबार बेलुका साढे ५ बजेतिर बबई गाउँपालिका ६ पञ्चकुलेस्थित तुलसीपुरदेखि पञ्चकुले तर्फ जादै गरेको रा ५ प ५६०४ नम्बरको मोटरसाइकल र भे १ ज १००२ नम्बरको ट्याक्सी एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार ८ वर्षीय स्पर्श आचार्यको मृत्यु भएको हो ।

साथै मृतक आचार्यका बुवा बबई गाउँपालिका ६ मोतिपुर निवासी ३९ वर्षिय सुदिप आचार्य र उनकी श्रीमती २८ वर्षिय पार्वती आचार्य घाइते भएका छन् । उनीहरुको उपचार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भइरहेको छ ।

उनीहरुको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ । साथै गाडीलाई खिलतपुर अस्थायी प्रहरी चौकीले नियन्त्रणमा लिएकोखइलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक शिवबहादुर सिंहले जानकारी दिए । उनका अनुसार मोटरसाइकलमा सवार तीन जना एकै परीवारका व्यक्ति रहेका थिए ।

त्यस्तै गाडीका सहचालकलाई नियन्त्रणमा लिइएको छ भने गाडी चालक फरार रहेको प्रहरीले बताएको छ । मृतक बालकको शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे