LISTEN LIVE RADIO

लमहीका एक जना सहित दाङमा एकै दिन ३० जनामा कोरोना संक्रमण पुष्टि



लमहीका एक जना सहित दाङमा एकै दिन ३० जनामा कोरोना संक्रमण पुष्टि

घोराही ७ बैशाख । दाङका ३० जना व्यक्तिमा मंगलबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा २२ जना, भेरी अस्पताल नेपालगञ्जमा ६ जना र बुटवलमा २ जना गरी ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आज संक्रमण पुष्टि भएकाहरुमा घोराहीका १३ जना, तुलसीपुरका ७ जना र शान्तिनगरका २ जना रहेका छन् । त्यस्तै भेरीमा पुष्टि भएका संक्रमितहरुमा तुलसीपुरका ३ जना, शान्तिनगरका २ जना र लमहीका एक जना रहेका छन् भने बुटवलमा घोराहीका २ जनामा संक्रमण देखिएको छ ।

अहिले दाङमा एक सय ३३ जना र जिल्ला बाहिर ४१ जना कोरोनाका सकृय संक्रमित विरामी रहेको केन्द्रले जनाएको छ । २४ जना संक्रमित कोरोना बिषेश अस्पताल बेलझुण्डिमा र ५ जना राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भर्ना भएका छन् ।

पछिल्लो समय थपिदै गएका संक्रमितलाई अस्पतालमा राख्न ठाउँको अभाब हुदै गएको छ । बेलझुण्डि कोरोना अस्पतालका बेड भरिएको छ भने बाँकेमा पनि ठाउँ नभएकाले राख्न समस्या हुन थालेको हो । कोरोनाबाट अहिलेसम्म दाङमा ३ हजार २ सय ५२ जना संक्रमित भएका छन् भने ५६ जनाको मृत्यु भएको छ ।।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे