LISTEN LIVE RADIO

राप्ती गाउँपालिकाकाे कालापानीमा आगोले जलेर एक वर्षकी बालिकाको ज्यान गयो, आमा घाइते



राप्ती गाउँपालिकाकाे कालापानीमा आगोले जलेर एक वर्षकी बालिकाको ज्यान गयो, आमा घाइते

सिसहनियाँ ७ वैशाख । आगोले जलेर दाङमा एक वर्षकी बालिकाको मृत्यु भएको छ। भने आमा घाइते भएकी छिन् । राप्ती गाउँपालिका–५ कालापानी निवासी पुनम सुनारकी एक वर्षकी छोरी बिना सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

सोमबार बेलुका खाना पकाउने क्रममा अगेनाबाट आगो कपडामा सल्किँदा आमा र बालिका जलेर घाइते भएका थिए । लमही अस्पतालमा उपचारको क्रममा बालिकाको मृत्यु भएको हो । आमा पुनामको उपचार चलिरहेको छ । कमजोर आर्थिक अवस्थाका कारण आमाको उपचारमा समस्या परेको स्थानीय खिमबहादुर केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे