LISTEN LIVE RADIO

राप्ती गाउँपालिकामा ४ हजार बढी भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन 



राप्ती गाउँपालिकामा ४ हजार बढी भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन 
मसुरीया ६ वैशाख । राप्ती गाउँपालिकामा ४ हजार बढि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन कार्य सम्पन्न भएको छ । गाउँपालिकाले भुमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन कार्य सुरुवात भए संगै नागरिकलाई आआफ्नो क्षेत्रगत रुपमा फारम भर्न सुचित गरेको थियो ।
जस अनुसार कुल ४ हजार ४ सय ६५ वटा फारम भरिएको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगका गत माघ १८ गतेको सूचना बमोजिम राप्ती गाउँपालिकाको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुका लागि लगत संकलन कार्यको म्याद सकिएको हो ।
फाराम भरेर सकिएको छ । अहिले वडा कार्यालयमा वडा स्तरीय सहजिकरण समितिबाट रुजु गर्न काम भईरहेको राप्ती गाउँपालिकाका भूमि समस्या समाधान ईकाइ प्रमुख बाल चन्द्र गुरुङले जानकारी दिनु भएको छ । ईकाइ प्रमुख बाल चन्द्र गुरुङका अनुसार रुजु गरिसके पछि कम्प्यूटरमा लगत प्रविष्टी गर्ने काम सुचारु हुने बताए ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको राप्ती गाउँपालिकाको वडा नम्बर १ मा ९ सय , वडा नम्बर २ मा ६ सय ८०, वडा नम्बर ३ मा ७ सय ८०, वडा नम्बर ४ मा ४ सय, वडा नम्बर ५ मा ४ सय २०, वडा नम्बर ६ मा ३ सय ८०, वडा नम्बर ७ मा ३ सय ९०, वडा नम्बर ८ मा २ सय ६० र वडा नम्बर ९ मा २ सय ५५ गरि कुल ४ हजार ४ सय ६५ लगत फारम भरिएको ईकाइ प्रमुख बालचन्द्र गुरुङले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे